होण्डाले नेपाली बजारमा भित्र्यायो एनएक्स२००
काठमाडौँ । होण्डाले आफ्नो नयाँ बाईक एनएक्स२०० नेपाली बजारमा भित्र्याएको छ। एनएक्स२०० बाइकलाई सिटी राइडिङ र लामो दुरीको यात्रा दुबैका लागि उपयुक्त भनिएको छ।
यसको 'अप-राइट पोजिसन' र टायरको 'टफ ट्रेड प्याट्रन'ले आरामदायी यात्रा सुनिश्चित गर्ने कम्पनीको भनाई छ । एनएक्स२०० मा उपलब्ध 'वाइण्ड भाइजर' र 'एलईडी विङ्कर' सहितको 'नकल कभर'ले सुरक्षा फिचरलाई बढाएको छ। 'लिक्युइड क्लियर' डिजिटल मिटर र चालकलाई पायक पर्ने गरी चाबी हाल्ने ठाउँ ट्याङ्कीमै हुनु पनि एनएक्स२०० को अरु थप उल्लेखनीय विशेषता हुन्।
एनएक्स२०० मा रहेको 'फ्रन्ट ए बी एस सिस्टम' र 'डूअल पेटल डिस्क ब्रेक'ले तपाईंलाई दिनेछ यात्रालाई चाहेको बेला रोक्न सक्ने क्षमता, जुन स्वतन्त्र र निस्फिक्री यात्राको लागि अत्यावश्यक हुन्छ।
१० वर्ष सम्मको वारेन्टी प्याकेजमा हाललाई विभिन्न चार रङहरूमा उपलब्ध एनएक्स२०० को सुरुवाती विक्री मूल्य ४,७९,९०० मात्र तोकिइएको छ। कम्पनीले एनएक्स२०० को औपचारिक बिक्री वितरण यही चैत्र १५ बाट सुरु गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपभोक्तालाई निर्बाध इन्टरनेट सेवा उपलब्ध नगराए हदैसम्मको कारबाही हुन्छ : दूरसञ्चार प्राधिकरण
-
वैशाख ३१ मा बागमती प्रदेश अधिवेशन बोलाउन दलहरू सहमत
-
आप्रवासन विभागको सदस्यमा देउवाले गरे १० जना मनोनीत
-
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन मन्त्रालयकाे अपिल
-
सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने
-
डढेलो रोक्न हेलिकोप्टर प्रयोगबारे मन्त्रिपरिषद्मा गृहमन्त्री लामिछानेको प्रस्ताव