सचिवहरूको जिम्मेवारीमा व्यापक हेरफेर
काठमाडौँ । सरकारले लामो समयपछि सचिवहरूको व्यापक हेरफेर गरेको छ । गत बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले गृह, अर्थ, रक्षा, सहरी विकास, राष्ट्रपति कार्यालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाहेक प्रायः सबै मन्त्रालयको सचिव हेरफेर गरेको छ ।
सरुवा सूची अनुसार वित्त आयोगका सचिव कृष्ण राउतको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माको जल तथा ऊर्जा आयोग, आयोगकी सचिव सरिता दवाडीको ऊर्जा मन्त्रालय र उपराष्ट्रपति कार्यालयमा मधुसूदन बुर्लाकोटीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत जनसङ्ख्या प्रशासन हेर्ने जिम्मेवारी पाएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका अनुसार अधिकांश सचिवको सरुवा भएको छ । तर पत्र केहीलाई मात्र दिइएको छ । त्यस्तै उद्योग सचिव मुकुन्द निरौलाको उपराष्ट्रपति कार्यालयमा सरुवा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण