मध्यपूर्वका देशमा कस्तो छ ‘महाजात्रा’को व्यवसाय ?

काठमाडौँ । ‘महाजात्रा’ अघिल्लो साता रिलिज भएको फिल्म हो । दोस्रो सातामा पनि राम्रो दर्शक पाइरहेको फिल्मले नेपालमा ६ करोड २४ लाखको ग्रस कलेक्सन गरेको निर्माण युनिटको दाबी छ । फिल्म स्वदेश र विदेश एकसाथ प्रदर्शनमा आएको हो । फिल्मले विदेशमा पनि राम्रो व्यवसाय गरिरहेको बताइन्छ ।
फिल्मले मध्यपूर्वका देशमा पनि राम्रो व्यवसाय गरिरहेको बताइन्छ । गत १५ गते (मार्च २८) देखि मलेसिया, दुबई, बहराइन, ओमान र कतारमा फिल्म प्रदर्शनमा आएको थियो । फिल्मले सोचे भन्दा पनि राम्रो व्यवसाय गरिरहेको मध्यपूर्वका देशहरूमा वितरण जिम्मा लिएका सुप्रिम फिल्म प्रोडक्सन एन्ड डिस्ट्रिव्युसन र कन्सेप्ट भिजनका प्रमुख अनीश सिंह ठकुरीले बताए ।
ठकुरीका अनुसार मध्यपूर्वका ठुला सिनेमा चेनहरू भक्स, स्टार, सिने रोयल, सिनेपोलिस, सिनेको र नोभामा फिल्म विदेशी झैँ नियमित प्रदर्शन भइरहेको छ ।
‘हामीले नेपालमा झैँ फिल्मको प्रचारप्रसार गरेर मध्यपूर्वका देशहरूमा नियमित शोमा प्रदर्शन गरिरहेका छौँ’, ठकुरीले भने, ‘फिल्म हेर्न समूह समूहमा दर्शक आइरहेका छन् । फिल्मको माउथ पब्लिसिटी पनि राम्रो छ ।’ साथीभाइ इन्टरटेनमेन्ट्सका हरी मोक्तानको बजार व्यवस्थापन र हर्क पोडकास्टको सहयोगमा नेपाली फिल्मको बजारलाई मध्यपूर्वका देशहरूमा थप बलियो बनाइरहेको वितरक ठकुरीको भनाइ छ ।
फिल्मको मलेसियामा अप्रिल ५ देखि नियमित प्रदर्शन तथा साउदी अरेबिया र कुवेतमा भने अप्रिल १८ सम्ममा प्रदर्शन हुनेछ । फिल्मको भारत बाहेकको प्रदर्शन अधिकार खरिद गरेको एमएसएम इन्टरटेनमेन्ट्सले मध्यपूर्व झैँ अस्ट्रेलिया, दक्षिण कोरिया, न्युजिल्यान्ड, क्यानडा, जापान लगायतका देशमा समेत प्रदर्शन गरेको छ । सबै देशमा राम्रो व्यवसाय रहेको बताइन्छ ।
प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् । आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिएको ‘महाजात्रा’मा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ ।
फिल्म म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले मिलेर बनाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
स्थानीय र पश्चिमी वायुसँगै भारतबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव कायमै
-
सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशामा स्थानीय दंग
-
गृहमन्त्री लेखक र भाजपा नेता कोशियारीबिच भेटवार्ता
-
मन्त्रिपरिषद् बैठक : गभर्नरबारे प्रस्ताव नै गएन