एसइई र प्लस टूपछि विदेश जाने जनशक्ति रोक्ने काम गर्न सांसद शर्माको माग
मङ्गलबार, २० चैत २०८०, १२ : ३६
काठमाडौँ । माओवादी केन्द्रकी सांसद नारायणी शर्माले स्कुल तहको पढाई सकेपछि युवाहरू विदेश पलायन हुने अवस्था रोक्न माग गरेकी छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शर्माले नेपालमै ए लेभल पढाई हुने कलेज खोलेर उनीहरूलाई नेपालमै रोजगारीको व्यवस्था गर्न माग गरेकी हुन् ।
उनले भनिन–‘अहिले एसइई परीक्षा चलिरहेको छ, प्रत्येक वर्ष एइई दिएपछिका युवा जनशक्ति विदेश पलायन भइरहेको छ । शिक्षाका नाममा विदेश पलायन हुने यो जनशक्ति रोक्नका लागि अमेरिका, क्यानडा, अस्ट्रेलियामा हुने ए लेभलका कलेज सञ्चालनको काम गर्न आवश्यक छ ।’
यस्तै राज्यका विभिन्न निकायमा खुला प्रतिस्पर्धा गरेर न्यायालय, अख्तियार, संवैधानिक निकायमा काम गर्नका लागि युवाहरूले हासिल गरेको उच्च शिक्षाको सदुपयोग गर्नुपर्नेमा जोड दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण