शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

समाजवादको लक्ष्य एउटै भए पनि देशहरूपिच्छे यसको मोडल फरक छ : अर्थविद् क्षेत्री

‘एउटा कुनामा गाँजा खाएर बसेर मात्र समाजवाद आउँदैन’
मङ्गलबार, २० चैत २०८०, १४ : १२
मङ्गलबार, २० चैत २०८०

काठमाडौँ । अर्थविद् दीपेन्द्रबहादुर क्षेत्रीले विभिन्न देशहरूले लिने समाजवादको उद्देश्य एउटै भए पनि त्यसको मोडल भने फरक भएको बताएका छन् । मंगलबार काठमाडौँमा भएको एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै क्षेत्रीले समाजवाद ल्याउनका लागि निरन्तर लाग्नुपर्नेमा जोड दिए । 

उनले भने–‘पुँजीवादको आफ्नै चरित्रका कारण यो भत्किन्छ र समाजवाद आउँछ भनेर एउटा कुनामा बसेर, गाँजा खाएर बसेर मात्र समाजवाद आउँछ भन्ने हुँदैन । निरन्तर रूपमा त्यसलाई अभियानका रूपमा लैजानुपर्छ । क्रान्ति निरन्तर अघि बढ्छ भन्ने कुरा पनि समाजमा छ ।’ 

सबै मुलुकमा समाजवादको उद्देश्य एउटै हुने उनले बताए । प्रत्येक देशहरूले आफ्नो आफ्नो विशेषता अनुसार समाजवाद प्राप्तिको लक्ष्य लिनुपर्नेमा क्षेत्रीले जोड दिए । 

क्षेत्री भने–‘हाम्रो छिमेकी देश चीनमा आफ्नै किसिमको समाजवाद, उत्तर कोरियामा छुट्टै छ । त्यहाँ मजदुरहरूको नेतृत्वमा छुट्टै एकल शासन छ । त्यहाँ नेतृत्वले चाहेको कुरा तुरुन्तै लागू हुने अवस्था हुन्छ । तर हाम्रोमा भने बहुव्यवस्था अन्तर्गतको राजनीति भइरहेको हुनाले सजिलो छैन होला तर निरन्तर त्यतातिर ध्यान दिइनुपर्दछ ।’

उत्पादन र उत्पादन सम्बन्ध समाजवादको कडी भएको उनले बताए । के उत्पादन गर्ने र उत्पादन गरिसकेपछि त्यो कसको हितमा प्रयोग गर्ने भन्ने कुरा राम्रोसँग अगाडि ल्याउन सकिएन भने अलमलिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप