एमाले र माओवादीबिचको लफडाले कर्णाली प्रदेशसभाको बैठक प्रभावित
काठमाडौँ । सरकारको नेतृत्वमा एमाले र माओवादी केन्द्रबिचको विवादले कर्णाली प्रदेशसभाको बैठक प्रभावित बनेको छ । मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने भनिएको प्रदेशसभाको बैठक मंगलबार तीन बजेका लागि बोलाइएपनि हालसम्म (३:२५ बजे) सुरु हुन सकेको छैन ।
केन्द्रमा कर्णालीको नेतृत्व एमालेले पाउने सहमति भएपनि माओवादी केन्द्रको एक समूहका साथै मुख्यमन्त्री राजकुमार शर्मा सकारात्मक नभएपनि समस्या उत्पन्न भएको हो । शर्माले कुनै पनि हालतमा विश्वासको मत लिने बताइरहेका छन् भने एमालेका नेताहरूले मनाउने प्रयास गरिरहेका छन् ।
यही विवादका बिच माओवादी केन्द्रका नेता महेन्द्र बहादुर शाही समेत कर्णाली पुगेर आन्तरिक छलफलमा जुटेका छन् । सहमति जुटाउनकै लागि आन्तरिक छलफल चलिरहेकाले प्रदेशसभाको बैठक समयमा बस्न नसकेको हो ।
सभामुख नन्दा गुरुङले नियमावलीअनुसार ५ बजेभित्र बैठक बस्न सक्ने बताइन् । त्यतिबेलासम्म पर्खिने र त्यसपछि के गर्ने भन्नेबारे निर्णय हुने उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण