बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

एमाले र माओवादीबिचको लफडाले कर्णाली प्रदेशसभाको बैठक प्रभावित

मङ्गलबार, २० चैत २०८०, १५ : २५
मङ्गलबार, २० चैत २०८०

काठमाडौँ । सरकारको नेतृत्वमा एमाले र माओवादी केन्द्रबिचको विवादले कर्णाली प्रदेशसभाको बैठक प्रभावित बनेको छ । मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने भनिएको प्रदेशसभाको बैठक मंगलबार तीन बजेका लागि बोलाइएपनि हालसम्म (३:२५ बजे) सुरु हुन सकेको छैन ।

केन्द्रमा कर्णालीको नेतृत्व एमालेले पाउने सहमति भएपनि माओवादी केन्द्रको एक समूहका साथै मुख्यमन्त्री राजकुमार शर्मा सकारात्मक नभएपनि समस्या उत्पन्न भएको हो । शर्माले कुनै पनि हालतमा विश्वासको मत लिने बताइरहेका छन् भने एमालेका नेताहरूले मनाउने प्रयास गरिरहेका छन् ।

यही विवादका बिच माओवादी केन्द्रका नेता महेन्द्र बहादुर शाही समेत कर्णाली पुगेर आन्तरिक छलफलमा जुटेका छन् । सहमति जुटाउनकै लागि आन्तरिक छलफल चलिरहेकाले प्रदेशसभाको बैठक समयमा बस्न नसकेको हो ।

सभामुख नन्दा गुरुङले नियमावलीअनुसार ५ बजेभित्र बैठक बस्न सक्ने बताइन् । त्यतिबेलासम्म पर्खिने र त्यसपछि के गर्ने भन्नेबारे निर्णय हुने उनले बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप