सभागृहमा ब्यानरको बबाल (फोटोफिचर)
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी स्थाना दिवसको अवसरमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आयोजनाले गरेको संयुक्त कार्यक्रममा एउटा व्यानरको विषयले तनावग्रस्त बनेको थियो ।
कार्यक्रमस्थलमा टुङ्ग्याइएको मुख्य ब्यानरमा लेनिनको तस्विर नभएको र माओवादी केन्द्रलाई ‘माके’ भनेर अपमान गरिएको भन्दै माओवादी पार्टीको भातृ संगठनले आपत्ति जनाएपछि कार्यक्रम स्थल तनावग्रस्त बनेको थियो ।
माओवादी कार्यकर्तालाई शान्तपार्न ब्यानर हटाइएको थियो । तर, त्यसमा एमालेको भातृसंगठन अखिलले आपत्ति जनाएपछि कार्यक्रम लामो समय प्रभावित बन्न पुग्यो ।
अन्ततः दुईवटा ब्यानर राख्ने र कार्यक्रमस्थलमा लेनिनको फोटो राख्ने सहमति भएपछि बल्ल कार्यक्रम शुरु भयो ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र प्रचण्डले आज संयुक्त सम्बोधन गर्ने कार्यक्रम लगभग ४ घण्टा ढिला शुरु भएको थियो ।
हेर्नुहोस् तस्विर :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाको खेल खेलाउने रेफ्री टर्पिन, जसलाई टुकलले दिएका थिए ‘ग्रेड ई’ को दर्जा
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण