एउटा विषयको परीक्षामा अर्को विषयको प्रश्नपत्र आएपछि...
काठमाडौँ । एउटा विषयको परीक्षामा अर्को विषयको प्रश्न आएपछि अटोमोबाइल इन्जिनियरिङको परीक्षा स्थगित भएको छ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) परीक्षा नियन्त्रण महाशाखाले अर्को विषयको प्रश्न आएपछि परीक्षा स्थगित गरेको हो ।
मंगलबार ब्याचलर इन अटोमोबाइल इन्जिनियरिङ तेस्रो वर्षको दोस्रो भागको एएम ६५१ अटोमोबाइल कम्पोनेन्ट डिजाइनको सेकेण्ड भागको परीक्षा थियो । तर, भाग एकको प्रश्न आएपछि विद्यार्थीहरूले जानकारी गराएका थिए । त्यसपछि परीक्षा स्थगित भएको हो ।
पुल्चोक इन्जिनिरिङ क्याम्पसका स्ववियु अध्यक्ष विराज अर्यालले छैटौँ सेमेस्टरको परीक्षामा पाँचौँ सेमिस्टरको प्रश्न सोधिएको बताए । जसका कारण अन्तिममा आएर परीक्षा स्थगित गरिएको बताए ।
‘अटोमोबाईल कम्पोनेन्ट–II’ शीर्षक राखी अटोमोबाइल ‘कम्पोनेन्ट–I’ मा पढाई भएका प्रश्नहरू सोधिएको र विद्यार्थीको हातमा पठाइएको उनको भनाइ छ । एकातर्फ अटोमोबाइल पढाई नै कम ठाउँमा हुने र प्रश्नपत्र बनाउने र कापी जाँच्ने शिक्षकहरू सीमित रहेको बेला यस्तो चरम लापरबाही देखिएको उनको भनाइ छ ।
आईओई परीक्षा नियन्त्रण महाशाखाले आज स्थगित भएको परीक्षा २८ चैत दिउँसो १ बजे हुने जनाएको छ ।
_e47pFE2Ytr.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठन, मन्त्रीहरूले लिए शपथ
-
सर्वोच्च अदालतद्वारा सुनुवाइको ‘लाइभ स्ट्रिमिङ’ परीक्षण
-
ट्राफिक नियम उल्लङ्घनको अभियोगमा हर्क साम्पाङलाई के भयो कारबाही ?
-
गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट विदेशी दोश्रो खेलाडी घोषित
-
रास्वपा जिल्ला अधिवेशन : मधेसमा सुल्झिएन विवाद, महिलाको उपस्थिति कमजोर
-
सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ, शपथका लागि पुगेकाहरू डेढ घण्टादेखि प्रतीक्षामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण