युक्रेनी विस्फोटक पदार्थ जफत गरेको रुसको दाबी
मस्को । रुसको सङ्घीय सुरक्षा बल (एफएसबी) ले मङ्गलबार युक्रेनबाट पठाइएको र युरोपेली सङ्घ (इयु) हुँदै मूर्तिहरूमा लुकाएर ल्याइएको भारी मात्राको विस्फोटक पदार्थ जफत गरेको बताएको छ ।
लाटभियन सीमा नजिकैको उत्तरपश्चिमी पेस्कोभ क्षेत्रमा सामानको जाँचपछि उक्त विस्पोटक पदार्थ जफत गरिएको एफएसबीले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।
एफएसबीका अनुसार ‘युरोपेली सङ्घ हुँदै युक्रेनबाट विस्फोटक पदार्थको सीमापार यातायात मार्ग भएको भन्दै कार्गो रोमानिया, हङ्गेरी, स्लोभाकिया, पोल्याण्ड, लिथुआनिया र लाटविया हुँदै गएको’ थियो ।
जफत गरिएको विस्पोटक पदार्थमध्ये कार्गोमा ७० किलो घरेलु विस्फोटक र विस्फोटक उपकरणहरू ‘मूर्ति’मा लुकेको र प्रयोगका लागि तयारी अवस्थामा थिए ।
यस कार्यमा संलग्न एक व्यक्तिलाई पक्राउ गरिएको जनाउँदै विदेशीहरू सहित सबै संलग्नहरूलाई पत्ता लगाई रुसमा कानुनी कार्यवाही गरिने स्रोतले जनाएको छ । -रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
-
‘वाम–लोकतान्त्रिक युवा अभियान’मा लागेका असललाई नेकपा (माओवादी)ले गर्यो कारबाही
-
पश्चिमी न्यून चापीय रेखा तर स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता
-
सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण