ठमेलको जुद्धोदय माविको करोडौँको भाडा कसले खाइरहेको छ : रघुजी पन्त
काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले काठमाडौँको जुद्धोदय माविको करोडौँको भाडा कसले खाइरहेको छ भन्दै काठमाडौँ महानगरपालिका र अख्तियारको ध्यानाकर्षण गराएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पन्तले तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरले स्थापना गरेको जुद्धोदय माविको अहिले बेहाल भएको बताए ।
उनले भने– ‘ठमेलमा ठुलो दरबार जत्रो जुद्धोदय स्कुल थियो जहाँ मैले पढेको थिएँ । त्यो बिल्डिङ गयो, त्यसको ठाउँमा नयाँ बिल्डिङ बनायो, कमिसन र ठेक्कामा त्यहाँको हेडमास्टरले बदमासी गरेर अहिले सानो कुनामा स्कुल थन्किएको छ । महिनाको करोडौँको भाडा कसले खाइरहेको छ पत्तो छैन ।’
उनले त्यसको छानबिनका लागि महानगरपालिकामा निवेदन समेत दिइएको तर अहिलेसम्म छानबिन नभएको बताए । पन्तले भने– ‘ त्यसको छानबिन होस भनेर महानगरपालिकामा पनि निवेदन दिइयो, तर छानबिन भएको छैन । त्यसैले म काठमाडौँ महानगरपालिका, शिक्षा मन्त्रालय, उपत्यका र देशभरिका शैक्षिक संस्थाको जग्गा जसरी लुट भएको छ त्यसको बारेमा गम्भीरतापूर्वक छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले—नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण