नाउपाकी प्रदेशसभा सदस्य गिरीलाई कारबाहीको पत्र !
बुधबार, २१ चैत २०८०, १५ : २८
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई कारबाही गर्ने तयारी भएको छ । अध्यक्ष रञ्जिता श्रेष्ठले गिरीलाई पदमुक्त गर्नेगरी प्रदेशसभा सभामुखलाई पत्राचार गरेकी छन् ।
गिरीको कारबाहीसम्बन्धी पत्र प्रदेशसभा सचिवालयमा पुगसकेको भएपनि स्वयम् गिरीले भने बुझ्न मानेकी छैनन् । रातोपाटीसँग कुरा गर्दै गिरीले आफूलाई कारबाही गर्न पत्र आएको तर आफूले नबुझेको बताइन् ।
नाउपाभित्रको विवाद अहिले एकअर्कालाई कारबाही गर्नेसम्मको अवस्थामा पुगेको छ । पार्टीका संरक्षक रेशम चौधरीले मुख्यमन्त्री कमल बहादुर शाहलाई विश्वासको मत दिन चाहँदा रञ्जिता श्रेष्ठ भने विपक्षमा छिन् । उनले मुख्यमन्त्रीलाई विश्वासको मत नदिन ह्विप जारी गरिसकेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण