मधेस प्रदेशमा धार्मिक द्वन्द्व रोकथाम गर्न प्रहरी अझ संवेदनशील हुन् आवश्यक : अध्यक्ष डा.दत्त

धनुषा । मधेसी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले मधेस प्रदेशमा दिन प्रति दिन बढ्दो धार्मिक द्वन्द्व रोक्न प्रहरी अझै संवेदनशील हुन् आवश्यक रहेको बताएका छन् । बुधवार जनकपुरमा मधेसी आयोगका अध्यक्ष डा.दत्त र मधेस प्रदेश प्रहरीका प्रमुख प्रहरी नायव महानिरीक्षक यज्ञ विनोद पोखरेल बिच भएको भेटघाटमा अध्यक्ष डा.दत्तले मधेस प्रदेशमा विगत केही महिना देखी धार्मिक सहिष्णुतामा ठेस पुर्याउने कार्यहरू भएको प्रति आयोग एकदम गम्भीर भएको बताएका हुन् ।
समग्र प्रदेशको अवस्था बारे जानकारी लिँदै अध्यक्ष डा.दत्तले सामाजिक सद्भावमा खलल पुर्याउने घटना प्रति प्रहरी-प्रशासन सचेत र सतर्क नभएसम्म यस्ता घटना बारम्बार दोहोरिने समेत बताएका छन् । अध्यक्ष डा.दत्तले आयोगमा मधेस प्रदेश बाट कैयौँ घरेलु हिंसा तथा महिला हिंसाका उजुरी प्राप्त भएको बताउँदै यस्ता घटनाहरूमा प्रहरीले तुरुन्त एक्सन लिनुपर्ने समेत ध्यानाकर्षण गराएका छन् ।
सीमा-नाकामा हुने लागूपदार्थ ओसारपसार, मानव तस्करी जस्ता घटनाहरूको रोकथामको लागि आवश्यक रणनीति बनाएर अगाडी बढ्न समेत अध्यक्ष डा.दत्तले प्रहरीलाई सचेत गराएका छन् । सो भेटघाटमा प्रहरी नायव महानिरीक्षक पोखरेलले मधेस प्रदेशको समग्र वस्तुस्थिति बारे अध्यक्ष डा.दत्तलाई जानकारी गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
-
हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
-
एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर
-
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ