लोकसेवाका लागि महिलाको उमेर ३७ र पुरुषको ३२ मा झार्ने प्रस्तावमा सांसद रञ्जु झाको आपत्ति
काठमाडौँ । जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झाले सङ्घीय निजामती सेवा ऐनमा लोकसेवामा भाग लिन पाउने उमेरहद परिवर्तन गरेकोमा आपत्ति जनाएकी छिन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा सो विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले महिलाले ४० वर्षसम्म लोकसेवा परीक्षामा भाग लिन पाउने व्यवस्थालाई किन ३७ वर्षमा झारियो र ३५ वर्षसम्म पुरुषले परीक्षा दिन पाउने व्यवस्थालाई किन ३२ मा झार्ने प्रस्ताव गरियो भन्दै प्रश्न गरेकी छिन् ।
यसबारेमा विधेयकमा स्पष्टीकरण नदिइएको उनले बताइन् । उनले यो विषयमाथि संशोधन राख्ने उनले बताइन् ।
उनले भनिन,‘सङ्घीयता अनुसारको ३ तहको सरकारका लागि यो ऐन बनेको छ, तीन तहको सरकारलाई कसरी व्यवस्थित गर्नुपर्छ भनेर ऐनमा प्रष्ट हुनुपर्छ, त्यसमा भित्र के कमजोरी छ । त्यसका लागि हामी संशोधनमा जान्छौँ नै । स्थायी सरकारलाई अव अस्थायी सरकार बनाउनुपर्छ कि । मैले फिलिपिन्समा हेर्दा त्यहाँ १० वर्षसम्म काम गरेको कर्मचारी पनि स्थायी थिएनन्, उनीहरूका करारको रूपमा काम गर्छन् ।’
उनले कर्मचारीलाई करारमा राख्नुपर्ने र नराम्रो काम गर्ने कर्मचारीलाई हटाउनुपर्ने बताइन् । उनले टे«ड युनियनको व्यवस्थालाई अहिलेकै अवस्थामा राख्न नहुनेमा जोड दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण