सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

लोकसेवाका लागि महिलाको उमेर ३७ र पुरुषको ३२ मा झार्ने प्रस्तावमा सांसद रञ्जु झाको आपत्ति

बुधबार, २१ चैत २०८०, १५ : ३८
बुधबार, २१ चैत २०८०

काठमाडौँ । जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झाले सङ्घीय निजामती सेवा ऐनमा लोकसेवामा भाग लिन पाउने उमेरहद परिवर्तन गरेकोमा आपत्ति जनाएकी छिन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा सो विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले महिलाले ४० वर्षसम्म लोकसेवा परीक्षामा भाग लिन पाउने व्यवस्थालाई किन ३७ वर्षमा झारियो र ३५ वर्षसम्म पुरुषले परीक्षा दिन पाउने व्यवस्थालाई किन ३२ मा झार्ने प्रस्ताव गरियो भन्दै प्रश्न गरेकी छिन् । 

यसबारेमा विधेयकमा स्पष्टीकरण नदिइएको उनले बताइन् । उनले यो विषयमाथि संशोधन राख्ने उनले बताइन् । 

उनले भनिन,‘सङ्घीयता अनुसारको ३ तहको सरकारका लागि यो ऐन बनेको छ, तीन तहको सरकारलाई कसरी व्यवस्थित गर्नुपर्छ भनेर ऐनमा प्रष्ट हुनुपर्छ, त्यसमा भित्र के कमजोरी छ । त्यसका लागि हामी संशोधनमा जान्छौँ नै । स्थायी सरकारलाई अव अस्थायी सरकार बनाउनुपर्छ कि । मैले फिलिपिन्समा हेर्दा त्यहाँ १० वर्षसम्म काम गरेको कर्मचारी पनि स्थायी थिएनन्, उनीहरूका करारको रूपमा काम गर्छन् ।’

उनले कर्मचारीलाई करारमा राख्नुपर्ने र नराम्रो काम गर्ने कर्मचारीलाई हटाउनुपर्ने बताइन् । उनले टे«ड युनियनको व्यवस्थालाई अहिलेकै अवस्थामा राख्न नहुनेमा जोड दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप