देउवादेखि विप्लवमाथि यसरी खनिए ओली
काठमाडौँ । आज नेपाल कम्युनिष्ट पार्टी स्थापना दिबसको दिन । नेपालका दुई ठूला कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संयुक्त कार्यक्रम बनाएर मनाउने निर्णय गरेका थिए ।
१२ बजेबाट सुरु हुने भनेको कार्यक्रम ब्यानर विवादका कारण निकै ढिला गरी शुरु भयो । चार घण्टा रोकिएको कार्यक्रम ४ बजे बल्ल शुरु भएको थियो ।
सभालाई सम्बोधन गर्न सुरु गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शुरुमा नै केहि प्राविधिक कारणले ढिला भएको कुरा प्रष्टाए । उनले यसबाट शिक्षा लिएर अगाडि जानु पर्ने बताए । उनले यस्तो गल्ती नहुन पहिला नै सचेत हुनुपर्ने जिकिर गरे ।
सम्बोधनका क्रममा उनले देशको समृद्धिको लागि काँग्रेसलाई पनि साथमा लिएर जाने प्रतिबद्धता जनाए । एकता बिग्रन खोजेको होइन भन्ने प्रष्टिकरण दिँदै हतारमा गर्नु भन्दा परिपक्क भएर गरौ भनेर छलफलमा जुटेको उल्लेख गरे ।
आफूहरुले पार्टी ठूलो हुँदाको अनुभव २०६४ सालमा गरिसकेको र यसबाट मात्तिँदा जनताले ०७० मा साइजमा ल्याएको अनुभव पनि साटे ।
उनले अब एकले अर्कोको संवेदना बुझ्नुपर्ने बताउँदै नेतृत्वलाई उल्टो पाल्टो कुरा नसिकाउन आग्रह गरे । ‘तपाईहरुले राम्रो र सकारात्मक कुरा सिकाउनु होस् । हामी पनि त्यहि तरिकाले अगाडि जान्छौँ,’ प्रचण्डले भने, ‘होइन भने हामी पनि मानिस नै हौँ ।’
आक्रामक ओली
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली भने निकै आक्रामक ढंगबाट प्रस्तुत भए, विशेष गरेर विपक्षी नेपाली काँग्रेसप्रति । उनले राजा त्रिभुवन देखि विप्लवसम्मलाई आलोचना गरे । सबै भन्दा बढी आलोचना काँग्रेस र त्यसका सभापति शेरबहादुर देउवाको गरे ।
ओलीले भने
१) २००८ सालमा काँग्रेसले कम्युनिष्टमाथि प्रतिबन्ध लगायो । आफूलाई लोकतन्त्रवादी भन्ने काँग्रेसले नै हो प्रतिवन्ध लगाएको । २०१२ सालमा टंक प्रसाद आएर प्रतिबन्ध हट्यो ।
२.अहिलेसम्म सबैभन्दा बढी अलोकतान्त्रिक क्रियाकलाप काँग्रेसले गरेको छ ।
३. चुनाव सकिएपछि पनि त्रिचन्द्रमा विद्यार्थीले विरोध गर्दा अलोकतान्त्रिक तरिकाले कुटपिट ग¥यो ।
४.२०१५ सालमा दुई तिहाई ल्याएर राजाले फाल्दा पनि पुष्पलालले संसद पुनस्थापना गरौँ भन्दा पनि काँग्रेस बोल्दैन ।
५.चुनाव भएको दुई महिना हुदा पनि सरकार नछोड्ने काँग्रेस अब यो देशमा अधिनायकवाद आयो भन्न थालेको सुनेको छु । हाम्रो सरकार मंसिरमा बन्नु पर्ने थियो, फागुन लाग्दा पनि बन्ने छाँटकाँट भएन ।
६. अहिलेका प्रधानमन्त्रीको विरुद्ध लेख्न पत्रकार डराउँछन् भनेर शेरवहादुर देउवाले भनेर नेपाली पत्रकारको अपमान गरे । यो भनेको देउवाले गति छाडेको हो ।
विप्लवमाथि यसरी खनिए
१.हिंसा अबको आवश्यकता होइन । सिमित स्वार्थका लागि क्रान्तिका गफ दिँदै हिँडेका छन् ।
२.क्रान्ति भनेको के हो ? कम्युनिष्ट सरकार ल्याउने, जनताको पक्षमा काम गर्ने । जनताको हितकोलागि निति नियम बनाउने । त्यो त यहि सरकारले गर्छ ।
३.क्रान्ति गरेर के अरु नै ल्याउने हो ? जनताको लागि नीति कार्यक्रम, सुशासन ल्याउने हो भने, भ्रष्टाचारको अन्त्य नै गर्ने हो भने अब त्यसको लागि क्रान्तिको आवश्यकता छैन । यो भन्दा ठूलो क्रान्ति अब के चाहियो ?
४. क्रान्तिको गन्तव्य के हो ? यसले गर्न खोजेको के हो ।
ओली राणाहरुले कु गरेर दिल्ली भागेका तत्कालीन राजा त्रिभुवनप्रति पनि आक्रामक देखिए । उनले डोकोमा हालेर दिल्लीबाट ल्याएको राजाले पनि कम्युनिष्टलाई नै धोका दिएको बताए ।
प्रधानमन्त्री ओलीले आज भाषणमा नै घाइते, अपाङ्ग, गोली शरीरमा भित्र रहेर अहिलेपनि उपचार गरिरहेका माओवादी योद्धाको उपचार गराउने बचन दिए । माओवादीले गरेको जनयुद्धलाई विद्रोह मात्र भन्ने ओलीले आज सशस्त्र जनय्द्ध भनेर सम्बोधन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण