सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सार्कका महासचिवले भेटे परराष्ट्र मन्त्री श्रेष्ठलाई

बुधबार, २१ चैत २०८०, १६ : ४१
बुधबार, २१ चैत २०८०

काठमाडौँ । उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठसँग सार्कका महासचिव गोलाम सारवारले भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयमा भएको भेटघाटमा महासचिव सारवारले सार्कलाई पुनः क्रियाशील बनाउन आग्रह गरेका हुन् । 

सार्कको अध्यक्ष राष्ट्र भएको नाताले त्यसलाई क्रियाशील बनाउन उनले आग्रह गरेको मन्त्रालय स्रोतले जनाएको छ । नौ वर्षअघि नेपालमा सार्क शिखर सम्मेलन सम्पन्न भएको थियो । त्यसयता सम्मेलन भएको छैन । भारत–पाकिस्तान बिचको तिक्तता बढ्दै गएपछि सम्मेलन प्रभावित भएको हो ।

सार्कका महासचिव सारवारले शिखर सम्मेलनलगायत सार्कका अन्य गतिविधिलाई तीव्रता दिन नेपालबाट पहल हुनुपर्ने कुरा मन्त्री श्रेष्ठ समक्ष राखेको बताइएको छ । सार्क सङ्गठनमार्फत क्षेत्रीय एकीकरणलाई अझ कसरी बलियो बनाउने त्यस विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप