सार्कका महासचिवले भेटे परराष्ट्र मन्त्री श्रेष्ठलाई
बुधबार, २१ चैत २०८०, १६ : ४१
काठमाडौँ । उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठसँग सार्कका महासचिव गोलाम सारवारले भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयमा भएको भेटघाटमा महासचिव सारवारले सार्कलाई पुनः क्रियाशील बनाउन आग्रह गरेका हुन् ।
सार्कको अध्यक्ष राष्ट्र भएको नाताले त्यसलाई क्रियाशील बनाउन उनले आग्रह गरेको मन्त्रालय स्रोतले जनाएको छ । नौ वर्षअघि नेपालमा सार्क शिखर सम्मेलन सम्पन्न भएको थियो । त्यसयता सम्मेलन भएको छैन । भारत–पाकिस्तान बिचको तिक्तता बढ्दै गएपछि सम्मेलन प्रभावित भएको हो ।
सार्कका महासचिव सारवारले शिखर सम्मेलनलगायत सार्कका अन्य गतिविधिलाई तीव्रता दिन नेपालबाट पहल हुनुपर्ने कुरा मन्त्री श्रेष्ठ समक्ष राखेको बताइएको छ । सार्क सङ्गठनमार्फत क्षेत्रीय एकीकरणलाई अझ कसरी बलियो बनाउने त्यस विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण