झस्कियो गृह मन्त्रालय : ‘निजी प्रयोजन’का हतियारको इजाजतमा कडाइ गर्ने कसरत
काठमाडौँ । देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयले निजी हतियार राख्न दिइएको इजाजतको विवरण गृह मन्त्रालयमा पठाएका छन् ।
प्राप्त विवरण तालिकीकरण गर्ने कार्य भइरहेको मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले रातोपाटीलाई जानकारी दिए ।
हतियारको विवरण र यसको दुरुपयोग देखेर मन्त्रालय झस्किएको छ । एक जनाको नाममा हतियारको इजाजत लिने, अर्कोले प्रयोग गर्ने र एक थरी हतियारको अनुमति लिएर अर्को खाले राख्ने गरेको पाइएको छ ।
निजी प्रयोजनका करिब ३६ हजार हतियार राख्न स्थानीय प्रशासनहरूले इजाजत पत्र जारी गरेको बताइएको छ । ‘सङ्ख्या ठ्याक्कै भन्न मिल्दैन, तर ठुलै सङ्ख्यामा व्यक्ति र संस्थाले हतियार राख्ने अनुमति लिएको पाइयो’ उनले भने ।
विवरण प्राप्त भएपछि मन्त्रालयमा निजी हतियार राख्न दिँदा हुने खतराबारे छलफल चलिरहेको छ । ‘हामीले नियन्त्रित रूपमा आवश्यकता र अवस्था हेरेर मात्र निजी हतियार राख्ने अनुमति दिने गरी कानुनमा सुधार गर्नुपर्ने देखेका छौँ,’ अधिकारीले भने ।
राज्यले नै नागरिकको सुरक्षा गर्ने सुनिश्चितता भएकाले निजी हतियार राख्न दिने सरकारी नीति पुनरावलोकनको आवश्यकता देखिएको हो ।
यसरी नयाँ नीति निर्माणका क्रममा निजी सुरक्षा कम्पनी, बैङ्क तथा वित्तीय संस्था र कूटनीतिक नियोगले निजी हतियार राख्नेबारे सोच्न सकिने तर अन्यका हकमा कडाइ गर्नु पर्नेबारे मन्त्रालयले आन्तरिक रूपमा प्रारम्भिक छलफल चलाइरहेको छ ।
यति मात्र होइन, सरकारले हतियार राख्ने इजाजत प्राप्त व्यक्ति हतियार चलाउन जान्ने हुन्छ भन्ने ठानिरहेको हुन्छ । तर, व्यवहारमा त्यस्तो देखिएन ।
‘अब कसैले हतियार राख्ने इजाजतले पुगेन हतियार चलाउने तालिम पनि चाहियो भन्यो भने के गर्ने ?’ यस्ता प्रश्न ध्यानमा राखेर छलफल चलिरहेको अधिकारीले बताए ।
यसअघि रातोपाटीले मङ्गलबार ‘दुर्गा प्रसाईंलाई बन्दुक आयात अनुमतिको रेकर्ड छैन, ३६ हजार हतियार कहाँबाट आयो ?’ शीर्षकमा समाचार प्रकाशित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण