लेभरक्युजन जर्मन कपको फाइनलमा, तीन उपाधि जित्ने सम्भावना कायमै
म्युनिख । बायर लेभरक्युजनले दोस्रो डिभिजन टोली फोर्चुना डसलडोर्फमाथि सहज जित हासिल गर्दै जर्मन कपको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा टोली ४–० गोलले विजयी बन्यो ।
खेलको सुरुवाती २० मिनेटमा नै टोलीले २–० को अग्रता लिएको थियो । जेरेमी फ्रिमपोङ र अमिने आदिलले टोलीका लागि एक–एक गोल गरे ।
दुई हाफमा फ्लोरियन विर्टजले थप एक–एक गोल गरेपछि टोलीले सहजै फाइनलमा स्थान बनायो । लेभरक्युजनले अब फाइनलमा काइसर्सलाउर्टेनसँग प्रतिस्पर्धा गर्नेछ ।
लेभरक्युजनले पछिल्लोपटक सन् १९९३ मा जर्मन कपको उपाधि जितेको थियो । यो सिजन ज्याभी ओलोन्सोको टोली अपराजित रहँदै लिग उपाधिसहित तीनवटा उपाधि जित्ने प्रयासमा रहेको छ ।
टोली बुन्डेस लिगामा १३ अङ्कले अघि रहेको छ भने युरोपा लिगको क्वार्टरफाइनलमा वेस्ट ह्यामको सामना गर्दैछ । टोली सन् २०२० मा डीएफबी पोकलको फाइनलमा पुगे पछि फाइनलमा बायर्न म्युनिखसँग ४–२ गोलले स्तब्ध बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरूकाे आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
-
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण