शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

एसीको पाइप विष्फोट हुँदा अस्पतालमा भागदौड

बिहीबार, २२ चैत २०८०, १२ : ३९
बिहीबार, २२ चैत २०८०

काठमाडौँ । महराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा एसीको पाइप विस्फोट भएर ठुलो आवाज सुनिएको छ । आवाज आएसँगै बिरामीका आफन्तहरूको भिड जम्मा भएको छ । 

कार्डियाक सेन्टरको भवनमा एयरकन्डिसनर (एसी)को पाइप विस्फोट भएर आवाज सुनिएको प्रहरी वृत्त महाराजगन्जका डीएसपी अमर थापाले जानकारी दिए ।  उनले भने– ‘मानवीय र भौतिक क्षति भएको छैन ।’ अस्पताल प्रशासनले विस्फोट भएको एसी मर्मत गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप