बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
‘मिसेस् भोग नेपाल’का प्रतियोगीले र्‍याम्पमा प्रस्तुत गरे आकर्षक पहिरन (तस्बिरहरू)

‘मिसेस् भोग नेपाल’का प्रतियोगीले र्‍याम्पमा प्रस्तुत गरे आकर्षक पहिरन (तस्बिरहरू)

बिहीबार, २२ चैत २०८०

काठमाडौँ । बालुवाटारस्थित अम्रपाली ब्याङ्क्वेट बुधबार साँझ फेसनमय बन्यो । ‘मिसेस् भोग नेपाल’का ११ प्रतियोगीले विभिन्न सिक्वेलमा आकर्षक पहिरनका डिजाइन र्‍याम्पमा प्रस्तुत गरेका थिए ।

हाउस अफ फेसनले आयोजना गरेको ‘मिसेस् भोग नेपाल’ फाइनलमा प्रतियोगीले विभिन्न सिक्वेलमा फेसनका नयाँ डिजाइन समेत प्रस्तुत गरेका थिए । 

कार्यक्रममा प्रतियोगिताका हरेक सहभागीलाई आफ्नो कथा भन्ने अवसर प्रदान गरिएको थियो, जसलाई ‘उनको कथा’ थिम दिइएको छ । जसमा उनीहरुले   कमलपोखरीस्थित जेडी इन्स्टिच्यूट अफ फेसन टेक्नोलोजीद्वारा तयार पारिएका आकर्षक, परम्परागत शैलीद्वारा तयार पारिएका पहिरनहरूलाई फेसन एक्स्ट्राभ्यागेञ्जाको रूपमा प्रदर्शन गरेका थिए ।

साङ्गीतिक प्रस्तुतिबाट प्रारम्भ भएको प्रतियोगिताको पहिलो सिक्वेन्समा सहभागीहरू क्याजुल वेयरमा आकर्षक नृत्य र फेसन प्रस्तुत गरेका थिए । त्यस क्रममा उनीहरुले भान्सामा लगाइने न्याप्किन लगाएर हातमा डाडू–पुन्यूसहित आकर्षक नृत्य गरेका थिए । 

1712202234677

त्यसपछिको सिक्वेन्समा उनीहरु इण्डो वेस्टर्न लूकमा प्रस्तुत भए । त्यसपछिको ग्ल्याम नामक सिक्वेन्समा पनि उनीहरुले जेडी इन्स्टिच्यूट अफ फेसन टेक्नोलोजीकै ग्ल्यामरस पहिरनहरु प्रस्तुत गर्दै आफूलाई रयाम्पमा आकर्षक रूपमा प्रस्तुत गरेका थिए ।

प्रतियागयताको शीर्ष उपाधि भने पूजा पाख्रिनले जितिन् । ललितपुर, हात्तिवनकी ३२ बर्सिया पाख्रिनले शीर्ष उपाधि सहित नगद पाँच लाख रुपैयाँ बराबरको बराबरको गिफ्ट ह्याम्पर प्राप्त गरेकी छिन् । 

1712202234680171220223468217122022346861712202234694171220223469817122022347011712202234703171220223471117122022347141712202234721171220223472517122022347291712202234732171220223473617122022347391712202234752171220223475817122022347621712202234769

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया