बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
‘मिसेस् भोग नेपाल’का प्रतियोगीले र्‍याम्पमा प्रस्तुत गरे आकर्षक पहिरन (तस्बिरहरू)

‘मिसेस् भोग नेपाल’का प्रतियोगीले र्‍याम्पमा प्रस्तुत गरे आकर्षक पहिरन (तस्बिरहरू)

बिहीबार, २२ चैत २०८०

काठमाडौँ । बालुवाटारस्थित अम्रपाली ब्याङ्क्वेट बुधबार साँझ फेसनमय बन्यो । ‘मिसेस् भोग नेपाल’का ११ प्रतियोगीले विभिन्न सिक्वेलमा आकर्षक पहिरनका डिजाइन र्‍याम्पमा प्रस्तुत गरेका थिए ।

हाउस अफ फेसनले आयोजना गरेको ‘मिसेस् भोग नेपाल’ फाइनलमा प्रतियोगीले विभिन्न सिक्वेलमा फेसनका नयाँ डिजाइन समेत प्रस्तुत गरेका थिए । 

कार्यक्रममा प्रतियोगिताका हरेक सहभागीलाई आफ्नो कथा भन्ने अवसर प्रदान गरिएको थियो, जसलाई ‘उनको कथा’ थिम दिइएको छ । जसमा उनीहरुले   कमलपोखरीस्थित जेडी इन्स्टिच्यूट अफ फेसन टेक्नोलोजीद्वारा तयार पारिएका आकर्षक, परम्परागत शैलीद्वारा तयार पारिएका पहिरनहरूलाई फेसन एक्स्ट्राभ्यागेञ्जाको रूपमा प्रदर्शन गरेका थिए ।

साङ्गीतिक प्रस्तुतिबाट प्रारम्भ भएको प्रतियोगिताको पहिलो सिक्वेन्समा सहभागीहरू क्याजुल वेयरमा आकर्षक नृत्य र फेसन प्रस्तुत गरेका थिए । त्यस क्रममा उनीहरुले भान्सामा लगाइने न्याप्किन लगाएर हातमा डाडू–पुन्यूसहित आकर्षक नृत्य गरेका थिए । 

1712202234677

त्यसपछिको सिक्वेन्समा उनीहरु इण्डो वेस्टर्न लूकमा प्रस्तुत भए । त्यसपछिको ग्ल्याम नामक सिक्वेन्समा पनि उनीहरुले जेडी इन्स्टिच्यूट अफ फेसन टेक्नोलोजीकै ग्ल्यामरस पहिरनहरु प्रस्तुत गर्दै आफूलाई रयाम्पमा आकर्षक रूपमा प्रस्तुत गरेका थिए ।

प्रतियागयताको शीर्ष उपाधि भने पूजा पाख्रिनले जितिन् । ललितपुर, हात्तिवनकी ३२ बर्सिया पाख्रिनले शीर्ष उपाधि सहित नगद पाँच लाख रुपैयाँ बराबरको बराबरको गिफ्ट ह्याम्पर प्राप्त गरेकी छिन् । 

1712202234680171220223468217122022346861712202234694171220223469817122022347011712202234703171220223471117122022347141712202234721171220223472517122022347291712202234732171220223473617122022347391712202234752171220223475817122022347621712202234769

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया