‘बलिदान’मा ऋचा
बिहीबार, २२ चैत २०८०, १६ : २९
काठमाडौँ । चलचित्र ‘बलिदान’को मुख्य भूमिकामा अभिनेत्री ऋचा शर्मा भित्रिएकी छन् । निर्माता तथा निर्देशक सन्तोष सेनले फिल्मको मुख्य भूमिकामा ऋचालाई भित्रिएको जानकारी दिए । उनको भूमिका भने उनले खुलाएनन् ।
फिल्मको मुख्य भूमिकामा समीर भट्टले डेब्यु गर्दैछन् । समीर अभिनेता बिराज भट्टका छोरा हुन् । ऋचा समिराको जोडीको रूपमा पनि देखिन सक्ने अनुमान गरिएको छ ।
देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको वरपर रहेर फिल्म निर्माण हुनेछ । फिल्मले परिवर्तन र पहिचानका नाममा सोझा जनतालाई रक्तपातपूर्ण आन्दोलनमा होमिन बाध्य पार्नेको पहिचान गर्ने बताए ।
आसुसेन फिल्मस् प्रा.ली. तथा सन्तोष सेनको प्रस्तुति रहने फिल्ममा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा सह निर्माता प्रेम पुरी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खाडी क्षेत्रमा अमेरिकी सैन्य अड्डामाथि इरानी आक्रमण, युद्ध थप चर्कियो
-
भ्रष्टाचार मुद्दामा सफाइसँगै नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीको पुनर्वहाली
-
जासुसी रोक्न जापान सक्रिय
-
लागूऔषधसहित पाँच जना पक्राउ
-
गगने खोलामा सडक पुनः अवरूद्ध
-
थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती विश्वविद्यालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण