बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

‘बलिदान’मा ऋचा

बिहीबार, २२ चैत २०८०, १६ : २९
बिहीबार, २२ चैत २०८०

काठमाडौँ । चलचित्र ‘बलिदान’को मुख्य भूमिकामा अभिनेत्री ऋचा शर्मा भित्रिएकी छन् । निर्माता तथा निर्देशक सन्तोष सेनले फिल्मको मुख्य भूमिकामा ऋचालाई भित्रिएको जानकारी दिए । उनको भूमिका भने उनले खुलाएनन् ।

फिल्मको मुख्य भूमिकामा समीर भट्टले डेब्यु गर्दैछन् । समीर अभिनेता बिराज भट्टका छोरा हुन् । ऋचा समिराको जोडीको रूपमा पनि देखिन सक्ने अनुमान गरिएको छ । 

देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको वरपर रहेर फिल्म निर्माण हुनेछ । फिल्मले परिवर्तन र पहिचानका नाममा सोझा जनतालाई रक्तपातपूर्ण आन्दोलनमा होमिन बाध्य पार्नेको पहिचान गर्ने बताए । 

आसुसेन फिल्मस् प्रा.ली. तथा सन्तोष सेनको प्रस्तुति रहने फिल्ममा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा सह निर्माता प्रेम पुरी रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप