तराईमा सिञ्चाईको समस्या हल गर्न रिभर लिँकेज प्रोजेक्टतर्फ सरकारको ध्यान गएको छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तराईको भू–भागमा सिञ्चाई सुविधान पुर्याउन रिभर लिंकेज प्रोजेक्टमा सरकारको ध्यान गएको बताएका छन् । बिहीबार सिंहदरबारमा राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित समितिलाई सम्बोधन गर्दै उनले सिँचाइका लागि प्रविधिको नयाँ प्रयोग गर्नेतर्फ ध्यान गएको आश्वस्त पारे ।
तराईमा देखिएका सिँचाई समस्या समाधानका लागि यसअघि नदी डाइभर्सनका कुरा भएका छन् । आंशिक रुपमा पूर्वदेखि पश्चिमसम्म त्यस्ता आयोजना बनेका छन् ।
योपटक सरकारको ध्यान ‘रिभर लिंकेज प्रोजेक्ट’ बनाउनेतर्फ गएको छ’, प्रविधिको नयाँ प्रयोगबारे जानकारी दिँदै उनले भने, ‘‘देशभरिका नदीहरूलाई एक अर्कासँग जोडेर सिंगै तराईमा सिँचाई हुनसक्ने, मरुभूमिकरणको अन्त्य पनि हुने । पानीको राम्रो सदुपयोग पनि हुन सक्ने । अहिले अन्तर्राष्ट्रिय रुपमा पनि ‘रिभर लिंकेज प्रोजेक्ट’ बनेका छन् । त्यसका निम्ति प्रविधिको पनि विकास भएको छ । त्यसमा हाम्रो ध्यान गएको छ ।’
यस्तै भूमिसुधार र लालपूर्जा वितरणले मात्र समाजवाद नआउने प्रधानमन्त्री प्रचण्डले जिकिर गरे । त्यसका लागि भूमिहीन किसानलाई मजदुर वर्गमा रुपान्तरण गरी उद्योग व्यवसायमा नलगेसम्म र जमिनको चक्लाबन्दी गरी त्यहाँ सामुहिक सहकार्य नगरेसम्म समस्याको समाधान नहुने उनको बुझाइ छ । त्यसका लागि नयाँ भूमि आयोग गठन गर्नेतर्फ सरकारको ध्यान गएको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाराग्वेली सांसदको रङ्गभेदी टिप्पणीमाथि खनिए एम्बाप्पे, फ्रेन्च फुटबल महासङ्घ अदालत जाने
-
तीन दशक सत्ता चलाउनेहरू सय दिनको सरकारसँग हिसाब माग्दै छन् : पराजुली
-
जितको खुसीयाली मनाउँदा चोट, हेन्डरसनको नाडीको शल्यक्रिया गरिने
-
शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा स्वास्थ्य बीमा कार्यक्रम पुनः सञ्चालनमा
-
चिकित्सा शिक्षा आयोगमा तत्काल पदाधिकारी नियुक्त गर्न डा केसीको माग, नभए असार २५ देखि सत्याग्रह गर्ने चेतावनी
-
देशका मुख्य राजमार्गहरू बाढी र पहिरोले अवरुद्ध, कुन सडकको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण