नयाँ कृषि सहकारी संस्थाका कोषाध्यक्ष पक्राउ
बिहीबार, २२ चैत २०८०, १८ : १०
काठमाडौँ । काठमाडौँस्थित नयाँ कृषि सहकारीका कोषाध्यक्षलाई प्रहरीको पक्राउ गरेको छ । नयाँ कृषि सहकारीका कोषाध्यक्ष रामहरि अधिकारीलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’ का प्रमुख (एआईजी) श्यामलाल ज्ञवालीले रातोपाटीलाई बताए ।
चैत १८ मा पक्राउ गरेर उनीविरुद्ध प्रहरीले सहकारीको रकम हिनामिना गरेको कसुरमा म्याद लिएर अनुसन्धान सुरु गरेको छ । सहकारी विभागले गत असोजमा सो सहकारीबारे अनुसन्धान गर्न सीआईबीलाई पत्राचार गरेको थियो ।
सो सहकारी घोटालामा बहालवाल श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डिपी) अर्याल र उर्जा जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत पनि संलग्न रहेको आरोप छ । त्यसबारे प्रतिनिधीसभामा पनि प्रश्न उठेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण