बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ कृषि सहकारी संस्थाका कोषाध्यक्ष पक्राउ

बिहीबार, २२ चैत २०८०, १८ : १०
बिहीबार, २२ चैत २०८०

काठमाडौँ । काठमाडौँस्थित नयाँ कृषि सहकारीका कोषाध्यक्षलाई प्रहरीको पक्राउ गरेको छ । नयाँ कृषि सहकारीका कोषाध्यक्ष रामहरि अधिकारीलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’ का प्रमुख (एआईजी) श्यामलाल ज्ञवालीले रातोपाटीलाई बताए ।

चैत १८ मा पक्राउ गरेर उनीविरुद्ध प्रहरीले सहकारीको रकम हिनामिना गरेको कसुरमा म्याद लिएर अनुसन्धान सुरु गरेको छ । सहकारी विभागले गत असोजमा सो सहकारीबारे अनुसन्धान गर्न सीआईबीलाई पत्राचार गरेको थियो । 

सो सहकारी घोटालामा बहालवाल श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डिपी) अर्याल र उर्जा जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत पनि संलग्न रहेको आरोप छ । त्यसबारे प्रतिनिधीसभामा पनि प्रश्न उठेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप