बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

माधव नेपालको प्रश्न : देशमा लागुपदार्थ दुर्व्यसनी बढ्दै जाँदा सरकार के हेरेर बसेको छ ?

बिहीबार, २२ चैत २०८०, १९ : ०५
बिहीबार, २२ चैत २०८०

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा लागुपदार्थ दुर्व्यसनी बढ्दै जाँदा सरकारले नियन्त्रणमा चासो नदेखाएको आरोप लगाएका छन् ।  

बिहीबार काठमाडौँमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले रौतहट, कैलाली जिल्लाहरूमा पछिल्लो समय लागुपदार्थ दुर्व्यसनी बढिरहेको भन्दै सरकार, नेपाल प्रहरी र प्रशासन के हेरेर बसेको ? भन्दै प्रश्न गरे । उनले युवाहरू लागुपदार्थको दुर्व्यसनमा दिनप्रतिदिन फसिरहेको तर अपराधीहरू कारबाहीको दायरामा आउन नसकेको बताए । उनले राज्य सञ्चालनका तरिकामा कमी कमजोरीहरू रहेको भन्दै सुधार गर्ने सोचका साथ अघि बढ्नुपर्ने खाँचो रहेको जिकिर गरे ।

अध्यक्ष नेपालले राजनीतिककर्मीहरु निष्ठावान् हुन नसके र स्वच्छ छवि कायम राख्न नसके राष्ट्र सेवकहरूले कुनै राम्रो कुरा सिक्न नसक्ने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप