माधव नेपालको प्रश्न : देशमा लागुपदार्थ दुर्व्यसनी बढ्दै जाँदा सरकार के हेरेर बसेको छ ?
बिहीबार, २२ चैत २०८०, १९ : ०५
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा लागुपदार्थ दुर्व्यसनी बढ्दै जाँदा सरकारले नियन्त्रणमा चासो नदेखाएको आरोप लगाएका छन् ।
बिहीबार काठमाडौँमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले रौतहट, कैलाली जिल्लाहरूमा पछिल्लो समय लागुपदार्थ दुर्व्यसनी बढिरहेको भन्दै सरकार, नेपाल प्रहरी र प्रशासन के हेरेर बसेको ? भन्दै प्रश्न गरे । उनले युवाहरू लागुपदार्थको दुर्व्यसनमा दिनप्रतिदिन फसिरहेको तर अपराधीहरू कारबाहीको दायरामा आउन नसकेको बताए । उनले राज्य सञ्चालनका तरिकामा कमी कमजोरीहरू रहेको भन्दै सुधार गर्ने सोचका साथ अघि बढ्नुपर्ने खाँचो रहेको जिकिर गरे ।
अध्यक्ष नेपालले राजनीतिककर्मीहरु निष्ठावान् हुन नसके र स्वच्छ छवि कायम राख्न नसके राष्ट्र सेवकहरूले कुनै राम्रो कुरा सिक्न नसक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण