बढुवाबारे गृहमन्त्री : ‘हामी कसैलाई अन्याय गर्न हस्ताक्षर गर्दा रहेछौँ’
काठमाडौँ । नेपाल प्रहरीको एसपी र डीएसपी बढुवा सिफारिस विवादित भएपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले त्यसबारे असन्तुष्टि जनाएका छन् । बिहीबार मन्त्रालयमा आयोजित छलफलमा मन्त्री लामिछानेले त्यसबारे असन्तुष्टि पोख्दै भन,‘हामी कसैलाई अन्याय गर्न हस्ताक्षर गर्दा रहेछौँ भन्ने बढुवा पिच्छेका प्रतिक्रियाले प्रष्ट भएको छ ।’
सशस्त्र प्रहरीको नियमावली र प्रहरी समायोजन पक्रियाबारे आयोजित छलफलमा गृहमन्त्रीले जतिसक्दो चाँडो स्वचालित प्रणाली ‘अटोमेशन’मा जानुपर्ने भन्दै त्यसबारे प्रस्ताव ल्याउन दुवै संगठनका प्रमुखहरूलाई निर्देशन दिएका छन् । निर्देशन दिँदै उनले भने,‘जतिसक्दो छिटो अटोमेशनमा जान सक्छौँ, त्यति छिटो आफूलाई अन्याय भयो भन्ने संगठनका सदस्यको गुनासो अन्त्य हुन्छ ।’
सशस्त्र र नेपाल प्रहरीको नियमावलीमा बढुवाका लागि योग्यतामा आधारित स्वचालित प्रणालीको स्पष्ट व्यवस्था हुनुपर्ने उनले बताए । उनले भने,‘अनुहार हेरेर बढुवा गर्ने विद्यमान अभ्यासको अन्त्य अनिवार्य छ ।’
जनस्तरमा विश्वासिलो हुने र संगठनका सदस्यहरूलाई न्याय हुनेगरी अध्ययन गरेर प्रस्ताव ल्याउन निर्देशन दिँदै उनले भने,‘सो प्रस्ताव म तत्काल अघि बढाउँछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्बुडाँडाबाट श्रोत नखुलेको ३९ लाखभन्दा बढी नगदसहित एक जना पक्राउ
-
कर्णालीमा गाडी बेपत्ता : खोजीमा सशस्त्र प्रहरीका गोताखोर परिचालन
-
बालश्रममुक्त १३ स्थानीय तहलाई सम्मान
-
सर्वोच्चमा मुद्दाको चाप बढ्यो, किन बढ्न सकेन सुनुवाइको गति ?
-
अटेरी १५ मेडिकल कलेज, अझै बुझाएनन् तीन करोड बढी बक्यौता
-
जित्नै लाग्दा हार्न पुगेका दुई अफ्रिकी टिम, पोर्चुगल र क्रोएसियामा कुन बलियो ? (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण