बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

बढुवाबारे गृहमन्त्री : ‘हामी कसैलाई अन्याय गर्न हस्ताक्षर गर्दा रहेछौँ’

अटोमेशनको प्रस्ताव ल्याउन निर्देशन
बिहीबार, २२ चैत २०८०, २१ : ०१
बिहीबार, २२ चैत २०८०

काठमाडौँ । नेपाल प्रहरीको एसपी र डीएसपी बढुवा सिफारिस विवादित भएपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले त्यसबारे असन्तुष्टि जनाएका छन् । बिहीबार मन्त्रालयमा आयोजित छलफलमा मन्त्री लामिछानेले त्यसबारे असन्तुष्टि पोख्दै भन,‘हामी कसैलाई अन्याय गर्न हस्ताक्षर गर्दा रहेछौँ भन्ने बढुवा पिच्छेका प्रतिक्रियाले प्रष्ट भएको छ ।’

सशस्त्र प्रहरीको नियमावली र प्रहरी समायोजन पक्रियाबारे आयोजित छलफलमा गृहमन्त्रीले जतिसक्दो चाँडो स्वचालित प्रणाली ‘अटोमेशन’मा जानुपर्ने भन्दै त्यसबारे प्रस्ताव ल्याउन दुवै संगठनका प्रमुखहरूलाई निर्देशन दिएका छन् । निर्देशन दिँदै उनले भने,‘जतिसक्दो छिटो अटोमेशनमा जान सक्छौँ, त्यति छिटो आफूलाई अन्याय भयो भन्ने संगठनका सदस्यको गुनासो अन्त्य हुन्छ ।’

सशस्त्र र नेपाल प्रहरीको नियमावलीमा बढुवाका लागि योग्यतामा आधारित स्वचालित प्रणालीको स्पष्ट व्यवस्था हुनुपर्ने उनले बताए । उनले भने,‘अनुहार हेरेर बढुवा गर्ने विद्यमान अभ्यासको अन्त्य अनिवार्य छ ।’

जनस्तरमा विश्वासिलो हुने र संगठनका सदस्यहरूलाई न्याय हुनेगरी अध्ययन गरेर प्रस्ताव ल्याउन निर्देशन दिँदै उनले भने,‘सो प्रस्ताव म तत्काल अघि बढाउँछु ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप