सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

३४ लाख रुपैयाँ बराबरको केराउ र मकै बरामद

बिहीबार, २२ चैत २०८०, २१ : ३५
बिहीबार, २२ चैत २०८०

बुटवल । रुपन्देहीमा प्रहरीले अवैध रुपमा ल्याइएको ३४ लाख रुपैयाँ बराबरको खाद्य पदार्थ बरामद गरेको छ । बिहीबार प्रहरीले अवैध रुपमा ल्याइएको मटर केराउ र मकै बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका ४ सुगर मिल नजिकै UP 15 CT 8198 नं. को ट्रकबाट केराउ र मकै बरामद गरेको हो । उक्त खाद्य पदार्थ भारतबाट नेपालतर्फ चोरी पैठारी गरी ल्याउँदै गरिएको अवस्थामा बरामद गरिएको प्रहरीको भनाई छ ।

प्रहरीका अनुसार  मटर (केराउ) ३०५ बोरा (१५२५) के.जी. रहेको छ भने  मकै ४५ बोरा (२४७५ केजी) रहेको छ। ३४ लाख ११ हजार रुपैयाँ बराबरको बरामद सामान र सवारी साधन समेतलाई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको रुपन्देहीका प्रहरी प्रमुख एसपी रन्जितसिंह राठौरले बताए । ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप