बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

शास्त्रीय नृत्याङ्गना सुवेदी सम्मानित

शुक्रबार, २३ चैत २०८०, ०९ : १३
शुक्रबार, २३ चैत २०८०

काठमाडौँ । एउटै खुट्टाको साहरामा शास्त्रीय नृत्य गर्दै  आएकी सीता सुवेदी सम्मानित भएकी छन् । ‘माया घर नेपाल’ले उनलाई बिहीबार एक कार्यक्रमकाबिच  सम्मान गरेको छ ।

एक खुट्टाको भरमा पनि नृत्यको माध्यमबाट नेपाली कला र संस्कृतिलाई विश्वमा चिनाएको भन्दै उनलाई सम्मान गरेको हो । संस्थाकी अध्यक्ष शुभद्रा प्याकुरेल, उपाध्यक्ष राधिका थापा, सुशिला सिटौला, सचिव सुम थापालगायतले उनलाई सम्मान पत्र प्रदान गरेका थिए ।

सम्मानले आफूलाई अगाडि बढ्न थप हौसला प्रदान गरेको उनले बताएकी छन् । १२ वर्षमै खुट्टा गुमाएकी सीता लामो समयदेखि शास्त्रीय नृत्य गर्दै आएकी छन् । 

यस्तैमा सिताले ‘जीवन जिउने कला’ पनि सिकाउने भएकी छन् । शुक्रबार मोरङको बेलबारी १ स्थित जनसांस्कृतिक भवनमा माया घर नेपालको आयोजनामा जीवन जिउने कला सिकाउन लागेकी हुन् ।

‘एमएस नेपाल इन्टरनेशनल २०२३’ की विजेता समेत रहेकी सीताले व्यक्तिगत जीवनको भोगाईबाट पनि धेरैले जीवन जिउने कला सिक्न सक्ने आयोजकको विश्वास  रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप