शास्त्रीय नृत्याङ्गना सुवेदी सम्मानित
काठमाडौँ । एउटै खुट्टाको साहरामा शास्त्रीय नृत्य गर्दै आएकी सीता सुवेदी सम्मानित भएकी छन् । ‘माया घर नेपाल’ले उनलाई बिहीबार एक कार्यक्रमकाबिच सम्मान गरेको छ ।
एक खुट्टाको भरमा पनि नृत्यको माध्यमबाट नेपाली कला र संस्कृतिलाई विश्वमा चिनाएको भन्दै उनलाई सम्मान गरेको हो । संस्थाकी अध्यक्ष शुभद्रा प्याकुरेल, उपाध्यक्ष राधिका थापा, सुशिला सिटौला, सचिव सुमी थापालगायतले उनलाई सम्मान पत्र प्रदान गरेका थिए ।
सम्मानले आफूलाई अगाडि बढ्न थप हौसला प्रदान गरेको उनले बताएकी छन् । १२ वर्षमै खुट्टा गुमाएकी सीता लामो समयदेखि शास्त्रीय नृत्य गर्दै आएकी छन् ।
यस्तैमा सिताले ‘जीवन जिउने कला’ पनि सिकाउने भएकी छन् । शुक्रबार मोरङको बेलबारी १ स्थित जनसांस्कृतिक भवनमा माया घर नेपालको आयोजनामा जीवन जिउने कला सिकाउन लागेकी हुन् ।
‘एमएस नेपाल इन्टरनेशनल २०२३’ की विजेता समेत रहेकी सीताले व्यक्तिगत जीवनको भोगाईबाट पनि धेरैले जीवन जिउने कला सिक्न सक्ने आयोजकको विश्वास रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण