बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

एमाले स्याङ्जाको अधिवेशन आजदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्ने

शुक्रबार, २३ चैत २०८०, ०९ : २०
शुक्रबार, २३ चैत २०८०

पोखरा । नेकपा एमाले स्याङ्जाको जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै छ । नवौँ अधिवेशनको उद्घाटन पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् । अहिले गण्डकीको सबैजसो जिल्लामा गुटगत प्रतिस्पर्धा व्याप्त छ ।

हालसम्म म्याग्दी, गोरखा, कास्की र लमजुङको अधिवेशन सकिएको छ । सबै जिल्लामा गुटबाट प्रतिस्पर्धा भएको थियो । सर्वसम्मत भएका ठाउँमा पनि गुटकै प्रभाव छ । तर स्याङ्जामा कुनै प्रभाव नरहने पोलिटब्युरो सदस्य एवं स्याङ्जा जिल्ला इन्चार्ज टुकराज सिग्देलले बताए ।

स्याङ्जाको अधिवेशनले ५ पदाधिकारीसहित १ सय ५ सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ । अधिवेशनमा जिल्लाका ११ पालिकासहित ९७ वडाका ६ सय ९ जना प्रतिनिधि चयन भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप