एमाले स्याङ्जाको अधिवेशन आजदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्ने
शुक्रबार, २३ चैत २०८०, ०९ : २०
पोखरा । नेकपा एमाले स्याङ्जाको जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै छ । नवौँ अधिवेशनको उद्घाटन पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् । अहिले गण्डकीको सबैजसो जिल्लामा गुटगत प्रतिस्पर्धा व्याप्त छ ।
हालसम्म म्याग्दी, गोरखा, कास्की र लमजुङको अधिवेशन सकिएको छ । सबै जिल्लामा गुटबाट प्रतिस्पर्धा भएको थियो । सर्वसम्मत भएका ठाउँमा पनि गुटकै प्रभाव छ । तर स्याङ्जामा कुनै प्रभाव नरहने पोलिटब्युरो सदस्य एवं स्याङ्जा जिल्ला इन्चार्ज टुकराज सिग्देलले बताए ।
स्याङ्जाको अधिवेशनले ५ पदाधिकारीसहित १ सय ५ सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ । अधिवेशनमा जिल्लाका ११ पालिकासहित ९७ वडाका ६ सय ९ जना प्रतिनिधि चयन भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण