पोखरामा ब्रिजकोर्स प्रतिबन्ध
शुक्रबार, २३ चैत २०८०, ११ : ४२
पोखरा । पोखरा महानगरपालिकाभित्र ब्रिज कोर्स प्रतिबन्ध लगाइएको छ । महानगरको शिक्षा समिति बैठकले ब्रिज कोर्सका कक्षा सञ्चालन गर्न नपाउने गरी निर्णय गरेको हो । उक्त निर्णय सार्वजनिक गर्दै महानगरले कोर्स चलाए कारबाही गर्ने जनाएको छ ।
ब्रिज कोर्स नाममा मोटो रकम असुली हुँदै आएको गुनासो बढेपछि महानगरपालिकाले अघिल्लो वर्ष नै नचलाउन भनेको थियो । तर धेरैले उक्त आग्रह नमानेपछि अहिले निर्णय नै गरेर गएको महानगरका प्रवक्ता मोती तिमिल्सिनाले जानकारी दिए ।
एसइई पछि विद्यार्थीलाई उच्च शिक्षामा सघाउन ब्रिज कोर्स सञ्चालन हुन्छ । तर यस्ता कक्षाहरू सिकाउनका लागि भन्दा पनि पैसा असुलीका लागि हुँदै आएको गुनासो छ । परीक्षा चल्दै गर्दा महानगरले कोर्स नचलाउन उर्दी जारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण