शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा ब्रिजकोर्स प्रतिबन्ध

शुक्रबार, २३ चैत २०८०, ११ : ४२
शुक्रबार, २३ चैत २०८०

पोखरा । पोखरा महानगरपालिकाभित्र ब्रिज कोर्स प्रतिबन्ध लगाइएको छ । महानगरको शिक्षा समिति बैठकले ब्रिज कोर्सका कक्षा सञ्चालन गर्न नपाउने गरी निर्णय गरेको हो । उक्त निर्णय सार्वजनिक गर्दै महानगरले कोर्स चलाए कारबाही गर्ने जनाएको छ ।

ब्रिज कोर्स नाममा मोटो रकम असुली हुँदै आएको गुनासो बढेपछि महानगरपालिकाले अघिल्लो वर्ष नै नचलाउन भनेको थियो । तर धेरैले उक्त आग्रह नमानेपछि अहिले निर्णय नै गरेर गएको महानगरका प्रवक्ता मोती तिमिल्सिनाले जानकारी दिए ।

एसइई पछि विद्यार्थीलाई उच्च शिक्षामा सघाउन ब्रिज कोर्स सञ्चालन हुन्छ । तर यस्ता कक्षाहरू सिकाउनका लागि भन्दा पनि पैसा असुलीका लागि हुँदै आएको गुनासो छ । परीक्षा चल्दै गर्दा महानगरले कोर्स नचलाउन उर्दी जारी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप