आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल आइडल विजेता रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी

शुक्रबार, २३ चैत २०८०, १२ : १६
शुक्रबार, २३ चैत २०८०

काठमाडौँ । लोकप्रिय गायन रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उनकी पत्नीले दिएको वैवाहिक बलात्कार मुद्दामा उनीविरुद्ध  पक्राउ पुर्जी जारी भएको हो । ओडविरुद्ध अदालतबाट पक्राउ अनुमति आएको कञ्चनपुरका एसपी चक्रराज जोशीले रातोपाटीलाई बताए । 

पत्नीले अप्राकृतिक तरिकाले आफूलाई बलात्कार गरेको आरोप लगाएकी छन् । पुर्जी जारी भएसँगै ओड फरार भएका छन् । ओड नेपाल आइडलका विजेता हुन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप