बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनीमा चिनियाँ दूतावासको शान्ति महोत्सव

शुक्रबार, २३ चैत २०८०, १७ : ०७
शुक्रबार, २३ चैत २०८०

काठमाडौँ । नेपालस्थित चिनियाँ दूतावासले लुम्बिनीमा आजदेखि पहिलो अन्तर्राष्ट्रिय शान्ति महोत्सव सुरु गरेको छ । पर्यटन बोर्ड, लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक कमिटीको सहकार्यमा दूतावासले सुरु गरेको महोत्सवमा शुक्रबार लुम्बिनी अन्तर्राष्ट्रिय ध्यान दिवसको आयोजना गरिएको थियो ।

लुम्बिनीलाई विश्वमा चिनाउन तथा नेपालको पर्यटन प्रवर्द्धन र चीनलगायत विश्वका विभिन्न देशसँग नेपालको मैत्रीपूर्ण सम्बन्धलाई आदानप्रदान गराउने उद्देश्यले यो महोत्सवको आयोजना गरिएको चिनियाँ राजदूतावासको काउन्सिलर वाङ सिनले बताए ।

शनिबार बिहान लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको आयोजना गर्ने दूतावासले जनाएको छ । प्रतियोगिताअन्तर्गत पुरुषतर्फ ४२ किलोमिटर बढीको म्याराथन दौड हुनेछ भने महिलातर्फ २१ किलोमिटर दुरीको हाफ म्याराथन दौड हुने बताइएको छ ।

पाँच किलोमिटरको रोड रेस र तीन किलोमिटरको बाकाथन पनि प्रतियोगितामा समावेश गरिएको छ । दौड र वाकथ प्रतियोगितामा ६ सय जनाको सहभागिता हुने बताइएको छ ।

त्यसैगरी लुम्बिनीको स्क्वायर थियटरमा शनिबार साँझ सांस्कृतिक कार्यक्रम गरिने बताइएको छ । सांस्कृतिक कार्यक्रममा चिनियाँ क्लासिक गीत, बुद्धधर्मसँग सम्बन्धित सङ्गीत र नेपाली लोक गीत लगायतका प्रस्तुति रहने बताइएको छ ।

सांस्कृतिक कार्यक्रमका लागि चिनियाँ गायिका उलान थुया र कलाकार लु निङ नेपाल आइपुगेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप