लुम्बिनीमा चिनियाँ दूतावासको शान्ति महोत्सव
काठमाडौँ । नेपालस्थित चिनियाँ दूतावासले लुम्बिनीमा आजदेखि पहिलो अन्तर्राष्ट्रिय शान्ति महोत्सव सुरु गरेको छ । पर्यटन बोर्ड, लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक कमिटीको सहकार्यमा दूतावासले सुरु गरेको महोत्सवमा शुक्रबार लुम्बिनी अन्तर्राष्ट्रिय ध्यान दिवसको आयोजना गरिएको थियो ।
लुम्बिनीलाई विश्वमा चिनाउन तथा नेपालको पर्यटन प्रवर्द्धन र चीनलगायत विश्वका विभिन्न देशसँग नेपालको मैत्रीपूर्ण सम्बन्धलाई आदानप्रदान गराउने उद्देश्यले यो महोत्सवको आयोजना गरिएको चिनियाँ राजदूतावासको काउन्सिलर वाङ सिनले बताए ।

शनिबार बिहान लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको आयोजना गर्ने दूतावासले जनाएको छ । प्रतियोगिताअन्तर्गत पुरुषतर्फ ४२ किलोमिटर बढीको म्याराथन दौड हुनेछ भने महिलातर्फ २१ किलोमिटर दुरीको हाफ म्याराथन दौड हुने बताइएको छ ।
पाँच किलोमिटरको रोड रेस र तीन किलोमिटरको बाकाथन पनि प्रतियोगितामा समावेश गरिएको छ । दौड र वाकथ प्रतियोगितामा ६ सय जनाको सहभागिता हुने बताइएको छ ।
त्यसैगरी लुम्बिनीको स्क्वायर थियटरमा शनिबार साँझ सांस्कृतिक कार्यक्रम गरिने बताइएको छ । सांस्कृतिक कार्यक्रममा चिनियाँ क्लासिक गीत, बुद्धधर्मसँग सम्बन्धित सङ्गीत र नेपाली लोक गीत लगायतका प्रस्तुति रहने बताइएको छ ।
सांस्कृतिक कार्यक्रमका लागि चिनियाँ गायिका उलान थुया र कलाकार लु निङ नेपाल आइपुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण