सन्दीप लामिछाने प्रकरणमा प्रत्यर्थी झिकाउने आदेश
शुक्रबार, २३ चैत २०८०, १९ : १२

काठमाडौँ । उच्च अदालत पाटनले सन्दीप लामिछानेको मुद्दामा प्रत्यर्थी झिकाउने आदेश दिएको छ । शुक्रबार मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश कृष्णराम कोइरालाको इजलासले सन्दीपको मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट भएकाे फैसला फरक पर्न सक्ने देखिँदा प्रत्यर्थी वादी नेपाल सरकारलाई झिकाउने आदेश दिएको हो ।
अब दुवै पक्षको कानुन व्यवसायीको उपस्थितिमा मिसल प्रमाण हेरी बहस हुनेछ । त्यसपछि सन्दीप लामिछानेले सफाइ पाउने वा नपाउने सम्बन्धमा निर्णय हुनेछ ।
जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत काठमाडौँबाट दोषी ठहर भएका लामिछानेले पुनरावेदनका लागि उच्च अदालतमा निवेदन दिएका थिए । जिल्ला अदालतले जबरजस्ती करणी मुद्दामा उनलाई दोषी ठहर गर्दै ८ वर्ष कैद सजाय सुनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ नजिकको साहसिक गन्तव्य ‘वनजङ्गल एडभेञ्चर’
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित