सन्दीप लामिछाने प्रकरणमा प्रत्यर्थी झिकाउने आदेश
शुक्रबार, २३ चैत २०८०, १९ : १२
काठमाडौँ । उच्च अदालत पाटनले सन्दीप लामिछानेको मुद्दामा प्रत्यर्थी झिकाउने आदेश दिएको छ । शुक्रबार मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश कृष्णराम कोइरालाको इजलासले सन्दीपको मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट भएकाे फैसला फरक पर्न सक्ने देखिँदा प्रत्यर्थी वादी नेपाल सरकारलाई झिकाउने आदेश दिएको हो ।
अब दुवै पक्षको कानुन व्यवसायीको उपस्थितिमा मिसल प्रमाण हेरी बहस हुनेछ । त्यसपछि सन्दीप लामिछानेले सफाइ पाउने वा नपाउने सम्बन्धमा निर्णय हुनेछ ।
जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत काठमाडौँबाट दोषी ठहर भएका लामिछानेले पुनरावेदनका लागि उच्च अदालतमा निवेदन दिएका थिए । जिल्ला अदालतले जबरजस्ती करणी मुद्दामा उनलाई दोषी ठहर गर्दै ८ वर्ष कैद सजाय सुनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण