शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

गजल– समाएर प्रिय तिमीले

शनिबार, २४ चैत २०८०, १२ : ०२
शनिबार, २४ चैत २०८०

समाएर प्रिय तिमीले नछोड्नु है हात 
रमाइलो साथमा हेर गरेको त्यो बात 

हराउन थालेँ म चन्द्रजस्तो मुहारमा
नशाको झैँ लाग्यो त्यो बोलीको मात 

हामी बिचको दूरी एकपल टाढा हुँदा 
हरपल आउँछ ती यादहरूको खात 

खुसी हुन्छु सधैँभर पाउँदा त्यो साथ 
बनाउला है  सानी हाम्रो एउटै जात 

तिमीमा भरोसा यो मनले गरिसक्यो 
नगर्नु नि माया जीवनमा कैलै घात

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पेरिसराज गिरी
पेरिसराज गिरी
लेखकबाट थप