भिटामिन 'डी'को अत्यधिक सेवन खतरनाक छ ?
लन्डन । अत्यधिक भिटामिन 'डी'को सेवन गर्दा बेलायतमा एक जना पुरुषको मृत्यु भएको छ । गएको वर्ष त्यहाँ ८९ वर्षीय व्यापारी डेभिड मिशनरको मृत्यु भएको थियो । अत्यधिक मात्रामा भिटामिन 'डी'को सेवनका कारण उनलाई हाइपरकलसिमिया भएको थियो । शरीरमा भिटामिन डीको मात्रा उच्च स्तरमा पुगेपछि सन् २०२३ को मे १० मा मिशनलाई इष्ट सर्रे हस्पिटलमा भर्ना गरिएको थियो ।
अस्पतालका अनुसार उनको शरीरमा भिटामिन 'डी'को मात्रा नाप्न सकिनेमध्ये सबैभन्दा धेरै थियो । उनको मृत्युमा भिटामिन 'डी'को विषाक्ततालाई मुख्य कारकको रूपमा उल्लेख गरिएको छ । यसबाहेक उनलाई मुटुको रोग, क्रनिक किड्नी फेलियर हाइपरकलसिमिया मृत्युको अन्य कारणहरू थिए । मृत्यु अघि गरिएको परीक्षणमा मिशनरको शरीरमा भिटामिन डीको स्तर ३८० एनजी÷एमएल थियो । यो भनेको प्रयोगशालामा रेकर्ड गर्न सकिने सबैभन्दा उच्च स्तर हो । हड्डीको स्वास्थ्य ठिक रहन हाम्रो शरीरमा २० एनजी-एमएल भिटामिन 'डी' भए पर्याप्त हुने इन्ष्टिच्यूट अफ मेडिशिन (आईओएम)ले अनुमान गरेको थियो ।
मिशनरको मृत्युले पूरक भिटामिन 'डी' धेरै खाँदा स्वास्थ्यमा उत्पन्न गराउन सक्ने गम्भीर जोखिम र साइड इफेक्टहरुबारे चिन्ता बढाएको छ । हाइपरकलसिमिया दुर्लभ तर गम्भीर स्वास्थ्य समस्या हो । यसले हाडलाई कमजोर बनाउँछ अनि मिर्गौला र मुटुमा क्षति गराउँछ । भिटामिन 'डी' क्याप्सुलको अत्यधिक सेवनका कारण यो रोग निम्तिन्छ । कोभिडयता प्रतिरक्षा प्रणाली बढाउन विश्वभर भिटामिन डीको खपत बढ्दा चाहिने भन्दा बढी भिटामिन डी खाइने स्थिति बढेको छ । तर अमृत पनि धेरै खायो भने विष बन्छ भन्ने हेक्का राख्न भने जरुरी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण