कानुन, न्याय र मानवअधिकार समितिमा ६ मन्त्री जाँदै
आइतबार, २५ चैत २०८०, १० : ४५
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गत रहेको कानुन, न्याय र मानवअधिकार समितिमा ६ जना मन्त्री जाँदै छन् । आइतबार समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल हुँदै छ ।
सो विधेयकमाथिको छलफलका लागि कानुन, न्याय र संसदीय मामिला मन्त्री पदम गिरी, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादव र कृषि तथा पशुपक्षी मन्त्री ज्वालाकुमारी साहलाई बोलाइएको समितिका सभापति विमला सुवेदीले रातोपाटीलाई जानकारी दिइन् ।
यस्तै मुख्यसचिव र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका कर्मचारीलाई पनि बैठकमा बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण