जोन टिनिसवूड बने विश्वकै पाका पुरुष
लन्डन । जोन टिनिसवूड विश्वकै वृद्ध पुरुष बनेका छन् । गएको हप्ता भेनेजुएलाका ११४ वर्षका जोन विसेन्ट पेरेजको मृत्यु भएको थियो । पेरेजको मृत्युपछि टिनिसवूडले यो उपाधि पाएका हुन् । उनको जन्म बेलायतको मर्सीसाइडमा सन् १९१२ मा भएको थियो । पेशले जोन सेवा निवृत्त एकाउन्टेन्ट हुन् । उनले हुलाक सेवामा पनि काम गरिसकेका थिए ।
उनी १११ वर्ष २२२ दिनका भए । हाल उनी मर्सीसाइडकै एक केयर होममा बसिरहेका छन् । हरेक चिजमा संयम राख्नुलाई उनले आफ्नो लामो आयुको रहस्य बताएका छन् । दिनभरि एकै ठाउँमा बसिरहनुलाई उनी ठीक भन्दैनन् । आफ्नो सोचलाई जति सक्यो त्यति बढाउन अनि एकै ठाउँमा अड्की नरहन उनले भनेका छन् । आफूलाई तन्दुरुस्त राख्न कोसिस गर्न र आफ्नो खानपिनमा ध्यान दिन पनि उनले भनेका छन् ।
यस अघि विश्वका सबैभन्दा पाका पुरुष पेरेजको मृत्यु ११४ वर्षको उमेरमा अप्रिल २ मा भएको थियो । सन् २०२२ मा गिनिज बूक अफ वर्ल्ड रेकर्डले उनलाई विश्वको बुज्रुग पुरुष घोषित गरेको थियो । त्यतिबेला उनको उमेर ११२ वर्ष २५३ दिन थियो । उनी पेसाले किसान थिए । उनी कडा मेहनत गर्थे, समयमै आराम गर्थे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण