सत्ता राजनीति
गण्डकीको मुख्यमन्त्रीमा खगराज नियुक्त, ३ बजे शपथ
आइतबार, २५ चैत २०८०, १३ : ४१

काठमाडौँ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता खगराज अधिकारी नियुक्त भएका छन् । गण्डकी प्रदेश प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई आइतबार मुख्मन्त्रीमा नियुक्त गरेका हुन् ।
अधिकारी संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् । अधिकारी एमाले गण्डकी प्रदेश संसदीय दलका नेता हुन् ।
अधिकारीले आइतबार बिहान एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८ र स्वतन्त्र सांसद राजीव गुरुङ गरी ३१ जना सांसदको समर्थन पत्रसहित मुख्यमनत्रीको दाबी प्रदेश प्रमुखसमक्ष गरेका थिए ।
सपथ ग्रहण आजै साढे तीन बजे राखिएको प्रदेश प्रमुख कार्यलयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए । यता नेपाली कांग्रेसका नेताहरु अधिकारीको मुख्यमन्त्रीको दाबी असंवैधानिक भएको भन्दै प्रदेश प्रमुखकोमा पुगे पनि नियुक्ति रोकिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् अवरूद्धपछि प्राधिकरणका निर्देशक शाक्यद्धारा निरीक्षण
-
सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियर झण्डै ६ लाख घुससहित नियन्त्रणमा
-
काभ्रेका किसानहरूले कृषिमन्त्रीलाई भने - रासायनिक मल उपलब्ध गराइदिनुस्
-
सगरमाथा संवादमा सहभागी हुन काठमाडौँ आइपुगे भारतीय वातावरण मन्त्री
-
विद्युत् अवरूद्धपछि अन्धकार काठमाडौँ (तस्बिरहरू)
-
घट्यो पेट्रोलियम पदार्थको मूल्य