सत्ता राजनीति
गण्डकीको मुख्यमन्त्रीमा खगराज नियुक्त, ३ बजे शपथ
आइतबार, २५ चैत २०८०, १३ : ४१
काठमाडौँ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता खगराज अधिकारी नियुक्त भएका छन् । गण्डकी प्रदेश प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई आइतबार मुख्मन्त्रीमा नियुक्त गरेका हुन् ।
अधिकारी संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् । अधिकारी एमाले गण्डकी प्रदेश संसदीय दलका नेता हुन् ।
अधिकारीले आइतबार बिहान एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८ र स्वतन्त्र सांसद राजीव गुरुङ गरी ३१ जना सांसदको समर्थन पत्रसहित मुख्यमनत्रीको दाबी प्रदेश प्रमुखसमक्ष गरेका थिए ।
सपथ ग्रहण आजै साढे तीन बजे राखिएको प्रदेश प्रमुख कार्यलयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए । यता नेपाली कांग्रेसका नेताहरु अधिकारीको मुख्यमन्त्रीको दाबी असंवैधानिक भएको भन्दै प्रदेश प्रमुखकोमा पुगे पनि नियुक्ति रोकिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण