गृहमन्त्री जोडिएको सहकारी ठगीमा संसदीय छानबिन समिति गठनको विकल्प छैन : सभापति बानियाँ

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले मिश्रित निर्वाचन प्रणालीका कारण मुलुक अस्थिरताको भुमरीमा फसेको बताएका छन् । काठमाडौँको मध्यबानेश्वरमा आयोजित कार्यक्रममा सभापति बानियाँले अस्थिरताको अन्त्यका लागि अब प्रत्यक्ष निर्वाचित प्रणालीमा जानुपर्ने आवश्यक औँल्याए ।
‘केही दल ०८४ को निर्वाचनमा १ सय ५० सिट ल्याउँछौँ भन्दै हिँडेका छन् । म ती दललाई भन्न चाहन्छु निर्वाचन प्रणाली बदलौँ र प्रत्यक्ष जित्ने प्रणाली मात्र राखौँ, अनि थाहा हुन्छ कसले कति सिट ल्याउन सक्छ,’ सभापति बानियाँले भने।
उनले रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगीबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने उनले बताए । रास्वपाका सभापति समेत रहेका गृहमन्त्री जोडिएको सहकारी ठगीमा संसदीय छानबिन समिति बनाउनुको विकल्प नरहेको सभापति बानियाँको भनाइ छ ।
कांग्रेसले सहकारीको ठगीबारे छानबिन गर्न बारम्बार समिति गठनको माग उठाइरहँदा पनि सरकारले बेवास्ता गरेको उनको भनाइ थियो ।
‘कांग्रेसले सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठनको माग गरिरहेको छ । तर, प्रधानमन्त्री र प्रहरी प्रमुख न्यायाधीशजस्तो बनेका छन् । एमाले छानबिन समिति बनाउन हुँदैन भनिरहेको छ,’ उनले भने ।
सभापति बानियाँले अगाडि भने, ‘कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले हिजो विपक्षीको पनि आवाजलाई सम्बोधन गर्यो । तर, कम्युनिस्टहरू लोकतान्त्रिक हुँदैनन् । त्यसैले जबरजस्ती गर्छन् । पेलेर जाने प्रयास गर्छन् । अहिले त्यही भइरहेको छ।’
उनले कांग्रेसलाई सुदृढ पार्टी बनाउने जिम्मेवारी पूरा गर्न युवाहरू गाउँ—गाउँ जानुपर्ने बताए । नयाँ पार्टीका बोली र व्यवहारमा कति फरक छ भनेर जनालाई देखाउनु र बुझाउनुपर्ने बानियाँको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलको बाँकी खेल खेल्न हेजलउड फर्कने भएपछि बेंगलुरु उत्साही
-
मलेसिया रोजगारमा सिण्डिकेट लागू गर्न खोजिएको भन्दै व्यवसायीहरूले थाले विरोध
-
उडानका क्रममा एयर होस्टेसलाई यौन दुर्व्यवहार गर्ने भारतीय यात्रीलाई जेल
-
बट्लरको स्थानमा यी खेलाडीलाई भित्र्याउँदै गुजरात
-
भोजपुरको धार्मिक तथा पर्यटकीय क्षेत्र चुलाचुली गुफा ओझेलमा
-
एप्पलले भारतमा आइफोन बनाएको हेर्न चाहँदैनन् ट्रम्प