बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

पोर्चुगलमा घुगी टिप्न गएका दुई जना नेपाली बेपत्ता

आइतबार, २५ चैत २०८०, १८ : ४६
आइतबार, २५ चैत २०८०

पोर्चुगल । पोर्चुगलको मन्तिजोस्थित समुन्द्रमा घुगी टिप्न गएका दुई जना नेपाली बेपत्ता भएका छन् । धादिङको निलकण्ठ नगरपालिका- ५ कटुन्जेका नाताले काका भतिज पर्ने दुइ युवक बेपत्ता भएका हुन् ।

३० वर्षीय टेकबहादुर तामाङ र काका पर्ने ३८ वर्षीय धन बहादुर तामाङ बेपत्ता भएको पत्रकार नवराज दुवाडिले बताए ।

बेपत्ता मध्य काका पर्ने धन बहादुरको सब मृत अवस्थामा पानी मुनि फेला परेको छ भने टेक बहादुरको खोजिकार्य भइरहेको गैरआवासिय नेपाली सङ्घ पोर्चुगलका वरिष्ठ उपाध्यक्ष तथा विपद् व्यवस्थापन समितिका संयोजक दीपा काफ्लेले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप