बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

जीतपुरसिमरा गोल्डकप : साबिक विजेतालाई स्तब्ध पार्दै सिराहा अन्तिम चारमा

सोमबार, २६ चैत २०८०, ०७ : ०४
सोमबार, २६ चैत २०८०

सिमरा । साबिक विजेता चर्च ब्वाइज युनाईटेड क्लबलाई इन्जुरी समयमा स्तब्ध पार्दै सलहेश युवा क्लब सिराहा जगदम्बा स्टिल १४ औँ जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

आइतबार राति सिमरा रङ्गशालामा भएको प्रतिस्पर्धात्मक खेलको अन्तिम समयमा गोल गर्दै सिराहाले ‘ए’ डिभिजन क्लब चर्च ब्वाइज विरुद्ध ३–२ को रोमाञ्चक जित दर्ता गर्‍यो । खेलको १४ औँ मिनटमा सिराहाका लागि आशिष चापाँगाईले गोल गर्दै अग्रता दिलाएका थिए । 

पहिलो हाफ आफ्नो पक्षमा पारेको सिराहा विरुद्ध चर्च ब्वाइजले खेलको ५१ औँ मिनटमा बराबरी गोल गर्‍यो । चर्च ब्वाइजका राजेश परियारले बराबरी गोल गर्दै टिमलाई खेलमा फर्काए पनि केही बेरमै आत्मघाती गोलका कारण चर्च ब्वाइज पुनः २–१ गोल अन्तरले पछाडि पर्‍यो । चर्च ब्वाईजका डिफेण्डर एकराज बुढाथोकीले बल क्लियर गर्न खोज्दा गरेको गल्तीले बल गोलमा परिणत भएको थियो । खेलको ६३ औँ मिनटमा आत्मघाती गोलका कारण चर्च ब्वाइज पुनः पछि परेको थियो । 

अनुभवी खेलाडीले भरिएको चर्च ब्वाइजले पनि आत्मघाती गोलको फाइदा लिँदै बराबरी  गर्‍यो । खेलको ७३ औँ मिनटमा सिराहाका कप्तान कुलदिप कार्कीले गोल लाइनबाट क्लियर गर्न खोजेको बल गोलमा परिणत हुँदा चर्च ब्वाइज खेलमा फर्किएको थियो  । 

अन्तिम समयमा भएको बराबरीपछि निर्धारित समयमै खेल आफ्नो पक्षमा पार्न दुबै टिमले आक्रामक खेल खेलेका थिए । तर इन्ज्युरी समयको अन्तिम मिनटमा गोल गर्दै सिराहाले चर्च ब्वाइजलाई स्तब्ध बनायो । सिराहाका लागि शिशिर लेखीले दोश्रो हाफको ५ मिनटको इन्जुरी समयको अन्तिम मिनटमा गोल गरेका थिए ।

खेलको म्यान अफ दी म्याच सिराहाका शिशिर लेखी घोषित भए । उनले १० हजार नगद सहित ट्रफ प्राप्त गरे । प्रतियोगिता अन्तर्गत सोमबार सशस्त्र प्रहरीको नेपाल एपीएफ क्लब र मकवानपुर ११ हेटौँडा बिच खेल हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप