उषालाई रञ्जनले किन भने ‘तिमी जाँदैछौ टाढा’ ? (भिडियोसहित)
काठमाडौं – चलचित्रका लेखक समेत रहेका गायक सुशील पंगेनीले आफ्नै शब्द र संगीतमा ‘तिमी जाँदैछौ टाढा’ बोलको पपआधुनिक गीत सार्वजनिक गरेका छन् । भिडियो सहित सार्वजनिक कार्यक्रममा चर्चित मोडल रञ्जन रिजाल र अभिनेत्री उषा खनालको अभिनय देख्न सकिन्छ ।
भिडियो शिब बिकले निर्देशन गरेका हुन् । झण्डै एक दशकदेखि फिल्म लेखनमा सक्रिय रहेका पंगेनीको यस गीतमा प्रेमपीडा प्रस्तुत गरिएको छ । फिल्म लेखनका साथै गायन, शब्द रचना र संगीतमा समेत पारंगत पंगेनीले आफूसँग झण्डै दुई सय वटा गीत संगीत सहित ‘स्टक’ रहेको बताउँछन् ।
सानैदेखि गायन तथा लेखनमा दख्खल राख्ने गरेका पंगेनी तिमी जादैछौं टाढा बोलको गीत युवापीढीको सत्य प्रेमघटनामा आधारित रहेको बताउँछन् । झट्ट सुन्दा आफ्नो गीतले प्रेमपीडितलाई आत्महत्या गर्न प्रेरित गर्नेजस्तो देखिए पनि वास्तविकता त्यस्तो नभएको तर्क उनको छ ।
उनी भन्छन्, ‘गीतमार्फत प्रेममा धोका, घात, पीडा भयो भने कस्तोसम्म दुर्घटना निम्तिन सक्छ भन्दै कसैले कसैलाई धोका नदेओस भन्ने सन्देश प्रभाव गर्न खोजेको हुँ ।’
चलचित्र लेखन र गायनलाई सँगै अघि बढाउने जमर्के गरेका पंगेनीले जन्जिर, टिचर, एउटा साथी, लक्ष्यलगायत झण्डै एक दर्जन फिल्मको स्क्रिप्ट लेखेका छन् । उनले लेखेको लक्ष्य फिल्ममा समाबेश अन्जु पन्तको स्वरको टेकेर दिलको दैलो बोलको गीत निकै चर्चित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी मेसी
-
मेस्सीको जादुयी ह्याट्रिक, रोनाल्डोले के गर्लान् ?
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण