कम्युनिष्टहरुले नेपालको संस्कृति, सभ्यता र पहिचान मेटेः नेता महतो
काठमाडौँ । पूर्वमन्त्री राजेन्द्र महतोले कम्युनिष्टहरुले नेपालको संस्कृति, सभ्यता र पहिचान मेटेको आरोप लगाएका छन् ।
सोमवार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले कम्युनिष्टहरुले नेपालको सभ्यता, संस्कृति, पहिचान र अस्तित्व मेट्ने काम गरेको आरोप लगाएका हुन् ।
उनले क्यापिटालिजम कम्युनिजम दुनियाँमा असफल भइरहेको भन्दै अब नेपाली जनतालाई खोक्रो राष्ट्रवादको नाममा ठग्ने दिन गएको बताए ।
उनले भने, ‘कम्युनिष्टहरुले नेपालको सबै सभ्यता, संस्कृति मेटाइदिने, पहिचान मेटाउने काम गरे । धर्म मेटाइदिने काम गरे । सबै मेटाउँदा मेटाउँदै नेपालको अस्तित्व मेटाइदिने । सबै मेटाउनुको अर्थ नेपालको अस्तित्व मेटाउनु हो । नेपालको अस्तित्व मेटाउने कम्युनिष्टहरु आफैँ मेटिन्छन् । हाम्रा सभ्यता, संस्कृति र धर्ममाथि, हाम्रो पहिचानमाथि पटक पटक जुन आक्रमण प्रचण्डदेखि केपी ओलीसम्मले गरेका छन् । यिनीहरूको पतन हुन्छ । क्यापिटालिजम कम्युनिजम दुनियाँमा असफल भइसक्यो । नेपाली जनतालाई अब ठग्ने दिन गए ।’
नेता महतोले अब नेपालमा आयातित विदेशी विचारबाट शासन नचल्ने तर्क गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण