मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
अपराध

वीरगञ्जस्थित नेशनल मेडिकल कलेजको ल्याबमा छापा, एमडी पक्राउ

म्याद नाघेका केमिकल र औषधि बरामद
सोमबार, २६ चैत २०८०, १५ : १७
सोमबार, २६ चैत २०८०

वीरगञ्ज । वीरगञ्जको नेशनल मेडिकल कलेजमा प्रहरीसहितको अनुगमन टोलीले छापा मारेको छ । प्रयोगशाला (ल्याब)मा म्याद नाघेको केमिकल प्रयोग गरिरहेको सूचनाको आधारमा छापा मारिएको हो ।

नेशनल मेडिकल कलेजको ब्लक (ए) मा रहेको प्रयोगशालामा अनुगमन टोलीले छापा मारेको पर्सा प्रहरीले पुष्टि गरेको छ । छापाका क्रममा प्रयोगशालाबाट म्याद नाघेका केमिकल बरामद भएपछि मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज हुसेनलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले जनाए ।

उनका अनुसार ल्याबमा सन् २०२१ मै म्याद सकिएको केमिकलसहितका औषधि बरामद भएपछि कलेजका एमडी अन्सारीलाई नियन्त्रणमा लिइएको हो । प्रयोगशालामा परीक्षणका लागि म्याद नाघेको केमिकल प्रयोग भइरहेको सूचनाको आधारमा अनुगमन टोलीले छापा मारेको पर्साका प्रहरी प्रमुख ढुंगेल बताउँछन् ।

उनका अनुसार बरामद सबै केमिकलबारे अनुसन्धानका लागि बाँकी प्रक्रिया अगाडि बढाइएको छ । नेशनल मेडिकल कलेजमा वीरगञ्ज महानगरपालिका, औषधि व्यवस्था विभाग र प्रहरीसहितको टोलीले संयुक्त रुपमा छापा मारेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप