वीरगञ्जस्थित नेशनल मेडिकल कलेजको ल्याबमा छापा, एमडी पक्राउ
वीरगञ्ज । वीरगञ्जको नेशनल मेडिकल कलेजमा प्रहरीसहितको अनुगमन टोलीले छापा मारेको छ । प्रयोगशाला (ल्याब)मा म्याद नाघेको केमिकल प्रयोग गरिरहेको सूचनाको आधारमा छापा मारिएको हो ।
नेशनल मेडिकल कलेजको ब्लक (ए) मा रहेको प्रयोगशालामा अनुगमन टोलीले छापा मारेको पर्सा प्रहरीले पुष्टि गरेको छ । छापाका क्रममा प्रयोगशालाबाट म्याद नाघेका केमिकल बरामद भएपछि मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज हुसेनलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले जनाए ।
उनका अनुसार ल्याबमा सन् २०२१ मै म्याद सकिएको केमिकलसहितका औषधि बरामद भएपछि कलेजका एमडी अन्सारीलाई नियन्त्रणमा लिइएको हो । प्रयोगशालामा परीक्षणका लागि म्याद नाघेको केमिकल प्रयोग भइरहेको सूचनाको आधारमा अनुगमन टोलीले छापा मारेको पर्साका प्रहरी प्रमुख ढुंगेल बताउँछन् ।
उनका अनुसार बरामद सबै केमिकलबारे अनुसन्धानका लागि बाँकी प्रक्रिया अगाडि बढाइएको छ । नेशनल मेडिकल कलेजमा वीरगञ्ज महानगरपालिका, औषधि व्यवस्था विभाग र प्रहरीसहितको टोलीले संयुक्त रुपमा छापा मारेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण