शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फोटोफिचर

घोडेजात्रामा सेनाको अश्वकला प्रदर्शन, तस्बिरमा हेर्नुहोस्

सोमबार, २६ चैत २०८०, १७ : १८
सोमबार, २६ चैत २०८०

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज परम्परागत घोडेजात्रा पर्व विविध कार्यक्रमको आयोजन गरी मनाइएको छ । घोडेजात्राका अवसरमा नेपाली सेनाले टुँडिखेलमा अश्वकला प्रदर्शन गरेको छ ।

ghodejatra (1)

सो अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल,  उपराष्ट्रपति रामसहयाप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र मन्त्रीले सेनाको अश्वकला अवलोकन गरेका छन् ।

ghodejatra (2)

टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने ‘गुरुमापा’ भन्ने राक्षसले तत्कालीन समयमा सहरका बालबालिकालाई खाने गरेकाले त्यस राक्षसको संहार गरेको मान्यता छ । तर, उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई हानी गर्न सक्ने भयका कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी सहरभर घोडा कुदाउने प्रचलन रहेको पाइन्छ । घोडा कुदाउँदा उसको टापले ‘गुरुमापा’ भन्ने प्रेतात्मालाई कुल्चिने र त्यसले वर्षभर बालबालिकालाई दुःख दिन नसक्ने÷ बालबालिकामाथि खतरा नबन्ने जनविश्वास रहिआएको छ । 

ghodejatra (3)

विशेष गरी उपत्यकाका नेवार समुदायले घोडेजात्रालाई ठुलो चाडको रूपमा मनाउने गर्दछन् । जात्रामा विशेष गरी विवाह भएर गएकी छोरीचेलीलाई बोलाएर भोज खुवाउने प्रचलन कायमै छ । आजको दिन काठमाडौँको टुँडिखेलनजिकै रहेका ‘लुकुवा महादेव’ वा पिशाचेश्वर महादेवको पूजाअर्चना पनि गर्ने परम्परा छ ।

ghodejatra (4)ghodejatra (5)ghodejatra (6)ghodejatra (7)ghodejatra (8)ghodejatra (9)ghodejatra (10)ghodejatra (11)ghodejatra (12)ghodejatra (13)ghodejatra (14)ghodejatra (15)ghodejatra (16)ghodejatra (17)ghodejatra (18)ghodejatra (19)ghodejatra (20)ghodejatra (21)ghodejatra (22)ghodejatra (23)ghodejatra (24)ghodejatra (25)ghodejatra (26)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप