घोडेजात्रामा सेनाको अश्वकला प्रदर्शन, तस्बिरमा हेर्नुहोस्
काठमाडौँ । काठमाडौँ उपत्यकामा आज परम्परागत घोडेजात्रा पर्व विविध कार्यक्रमको आयोजन गरी मनाइएको छ । घोडेजात्राका अवसरमा नेपाली सेनाले टुँडिखेलमा अश्वकला प्रदर्शन गरेको छ ।
_754gRLgz2B.jpg)
सो अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहयाप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र मन्त्रीले सेनाको अश्वकला अवलोकन गरेका छन् ।
_2CpTLwccjM.jpg)
टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने ‘गुरुमापा’ भन्ने राक्षसले तत्कालीन समयमा सहरका बालबालिकालाई खाने गरेकाले त्यस राक्षसको संहार गरेको मान्यता छ । तर, उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई हानी गर्न सक्ने भयका कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी सहरभर घोडा कुदाउने प्रचलन रहेको पाइन्छ । घोडा कुदाउँदा उसको टापले ‘गुरुमापा’ भन्ने प्रेतात्मालाई कुल्चिने र त्यसले वर्षभर बालबालिकालाई दुःख दिन नसक्ने÷ बालबालिकामाथि खतरा नबन्ने जनविश्वास रहिआएको छ ।
_o9Bp3e9KdM.jpg)
विशेष गरी उपत्यकाका नेवार समुदायले घोडेजात्रालाई ठुलो चाडको रूपमा मनाउने गर्दछन् । जात्रामा विशेष गरी विवाह भएर गएकी छोरीचेलीलाई बोलाएर भोज खुवाउने प्रचलन कायमै छ । आजको दिन काठमाडौँको टुँडिखेलनजिकै रहेका ‘लुकुवा महादेव’ वा पिशाचेश्वर महादेवको पूजाअर्चना पनि गर्ने परम्परा छ ।
_nnYkRyZe4G.jpg)
_663vLLUmmh.jpg)
_cs0saCJvYp.jpg)
_hzUJprim5e.jpg)
_a30bgoOig7.jpg)
_kom4csiVos.jpg)
_5BcxpIEe8j.jpg)
_z6SveJMtbB.jpg)
_mqM5h6ltl3.jpg)
_mDQNfU1glb.jpg)
_eQCfDBZEup.jpg)
_XoPMBUArFW.jpg)
_8Ypk8SY2QU.jpg)
_O8DNgBhcLp.jpg)
_iZfGJIZrAX.jpg)
_ePlAowjvJm.jpg)
_nsgVJG7jSC.jpg)
_S7Wknooqy7.jpg)
_Acy0E9OUpn.jpg)
_L52mirMyeC.jpg)
_hovE6ygnDf.jpg)
_lZ5b87z5Iq.jpg)
_yxCsu6LqIg.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण