बाल्टिमोरको भागवत सप्ताहबाट २० लाख डलर सङ्कलन
विजय थापा । बाल्टिमोरको भागवत सप्ताहबाट कुल लगभग २० लाख डलर सङ्कलन भएको छ । साथै हिन्दु बुद्ध मन्दिरका अध्यक्ष डा श्याम कार्कीले १ लाख २१ हजार डलर दानको अतिरिक्त कालान्तरमा १० लाख डलर थप्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा स्थापित हिन्दु बुद्ध मन्दिरमा गत मार्च ३० शनिबार देखि अप्रिल ६ सम्म आयोजना गरिएको मेरिल्याण्ड आध्यात्मिक महोत्सव 'श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ'मा कूल लगभग २० लाख डलर सङ्कलन भएको छ । स्मरण रहोस् , यी सबै दान दिने रकम नगद नभई दानवीरहरूले भविष्यमा दिने प्रतिबद्धता गरेका हुन् ।
थुप्रै नगद तथा चेक(धनादेश)प्राप्त भएता पनि हिन्दु बुद्ध मन्दिर आयोजक समितिले हिसाबकिताब आफ्नो आधिकारिक पृष्ठमा अद्यावधिक गर्ने बताएका छन् ।
वाचन प्रवीण दीनबन्धु पोखरेलले श्रीमद भागवत ज्ञान महायज्ञमा भागवत कथा वाचन गरेका थिए । मार्च ३० शनिबारका दिन मेरिल्याण्ड आध्यात्मिक महोत्सवमा अद्वितीय रूपमा कलश यात्रा सम्पन्न गरिएको थियो ।
श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको पहिलो दिन दिव्य कलशयात्रा सहित विभिन्न समुदाय तथा अमेरिकाको मौलिक इन्डियन अमेरिकीहरूको समेत सामूहिक झाँकी रहेको थियो ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण