बाल्टिमोरको भागवत सप्ताहबाट २० लाख डलर सङ्कलन

विजय थापा । बाल्टिमोरको भागवत सप्ताहबाट कुल लगभग २० लाख डलर सङ्कलन भएको छ । साथै हिन्दु बुद्ध मन्दिरका अध्यक्ष डा श्याम कार्कीले १ लाख २१ हजार डलर दानको अतिरिक्त कालान्तरमा १० लाख डलर थप्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा स्थापित हिन्दु बुद्ध मन्दिरमा गत मार्च ३० शनिबार देखि अप्रिल ६ सम्म आयोजना गरिएको मेरिल्याण्ड आध्यात्मिक महोत्सव 'श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ'मा कूल लगभग २० लाख डलर सङ्कलन भएको छ । स्मरण रहोस् , यी सबै दान दिने रकम नगद नभई दानवीरहरूले भविष्यमा दिने प्रतिबद्धता गरेका हुन् ।
थुप्रै नगद तथा चेक(धनादेश)प्राप्त भएता पनि हिन्दु बुद्ध मन्दिर आयोजक समितिले हिसाबकिताब आफ्नो आधिकारिक पृष्ठमा अद्यावधिक गर्ने बताएका छन् ।
वाचन प्रवीण दीनबन्धु पोखरेलले श्रीमद भागवत ज्ञान महायज्ञमा भागवत कथा वाचन गरेका थिए । मार्च ३० शनिबारका दिन मेरिल्याण्ड आध्यात्मिक महोत्सवमा अद्वितीय रूपमा कलश यात्रा सम्पन्न गरिएको थियो ।
श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको पहिलो दिन दिव्य कलशयात्रा सहित विभिन्न समुदाय तथा अमेरिकाको मौलिक इन्डियन अमेरिकीहरूको समेत सामूहिक झाँकी रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्योगमन्त्री दामोदर भण्डारी र मोल्डोभाका परराष्ट्रमन्त्रीबीच भेटर्वार्ता
-
त्रिवि क्रिकेट मैदान निरीक्षण गर्न प्रधानमन्त्री सचिवालयको टोली राति पुग्यो कीर्तिपुर
-
१२ बजे, १२ समाचार : पिके क्याम्पसको स्ववियु सभापतिमा नेविसंघकी बागी उम्मेदवार विजयीदेखि महायज्ञका नाममा दलित परिवारलाई धाकधम्कीसम्म
-
पिके क्याम्पसको स्ववियु सभापतिमा नेविसंघकी बागी उम्मेदवार भूपी विजयी
-
पूर्वराष्ट्रपतिबाट पाँच जना सम्मानित
-
सिद्धार्थनगर मुलुककै उत्कृष्ट पालिका