सभामुखबाट त्रुटि भएकाले संसद् बैठक चल्न सकेन : सांसद यादव
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का सांसद राजकिशोर यादवले सभामुख देवराज घिमिरेको त्रुटिका कारण संसद् बैठक चल्न नसकेको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद यादवले संसद् बैठकमा सभामुख घिमिरेको त्रुटि भएको बताएका हुन् ।
उनले संसदमा विपक्षीहरूको कुरा सुन्ने वातावरण बनाउनुपर्ने भन्दै विपक्षी बोलिसकेपछि सत्ता पक्षका सांसदलाई बोल्न दिनुले वातावरण बिथोलिएको बताए । उनले संसदमा साढे जुधाई भएको टिप्पणी गर्दै यसले संसद्को गरिमालाई घटाउने बताए । उनले लोकतन्त्रमा जबाफदेहिता सबैभन्दा ठुलो विषय भएको भन्दै कसैप्रति प्रश्न उठेमा त्यसको जवाफ दिनुपर्ने बताए ।
उनले भने,‘लोकतन्त्रमा जनताले प्रश्न गर्न पाउनुपर्छ र प्रश्न उठिसकेपछि त्यसको जवाफ दिनुपर्छ । लोकतन्त्रमा जबाफदेहिता नै सबैभन्दा ठुलो विषय हो । अहिले संसदमा जुन परिदृश्य देखापर्यो, सभामुखले यो परिस्थितिलाई मुकाविला गर्नका लागि सर्वपक्षिय, सर्वदलीय सहमतिको वातावरण बनाउनुपथ्र्यो । प्रमुख प्रतिपक्षले संसदमा कुरा राखिसकेपछि उहाँले अरूलाई बिचमा बोल्ने अवसर दिनु हुँदैन थियो जस्तो मलाई लाग्छ । उहाँले अर्कोलाई पनि समय दिनुभयो । एकप्रकारको टसल भयो । संसदमा विपक्षीको कुरा सुन्ने, वातावरण बनाउने भन्ने हुन्छ । यहाँ त साढे जुधाई भयो । यसले संसद्को गरिमालाई घटाउँछ । जनतामा जुन प्रकारको निराशा, आक्रोश छ दलहरू प्रति झन् यसले अविश्वासको वातावरण बनाउँछ । यसमा सदनको नेता सभामुख हो । उहाँ यसप्रति गम्भीर हुनुपर्छ । आज उहाँबाट कहीँ न कहीँ त्रुटि भएको देखिन्छ । उहाँले अधिकतम दलहरूका बीचमा सहमति गराउने प्रयास गर्नुपर्छ ।’
सांसद यादवले सभामुखले संसद् खुलाउने सम्बन्धमा दलहरूका बिचमा सहमति गराउनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण