३ जना मृत अवस्थामा फेला
मङ्गलबार, २७ चैत २०८०, २० : ०२
काठमाडौँ । रुपन्देही, कैलाली र धादिङमा तीन जना मृत अवस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार रूपन्देहीको देवदह नगरपालिका-११ रेहेरास्थित बालाजी पेपर ईन्डष्ट्रीजमा सेक्युरिटी गार्ड काम गर्ने सोही नगरपालिका-१ लक्ष्मीनगर बस्ने ४७ वर्षीय लक्ष्मण कुमार श्रेष्ठ सोही ईन्डष्ट्रिजको शौचालयभित्र मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी कैलालीको टिकापुर नगरपालिका-१ ब्लक नम्बर १५ बस्ने ५० वर्षीया जसुता बटाला पनि सोही नगरपालिका-२ स्थित खोटेना भुरा खानी सामुदायिक वनमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी धादिङको गल्छी गाउँपालिका-२ स्थित त्रिशुली नदीको किनारमा थाक्रे गाउँपालिका-३ बेशीलङुङ बस्ने ४१ वर्षीय कृष्णा अधिकारी मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण