शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

३ जना मृत अवस्थामा फेला

मङ्गलबार, २७ चैत २०८०, २० : ०२
मङ्गलबार, २७ चैत २०८०

काठमाडौँ । रुपन्देही, कैलाली र धादिङमा तीन जना मृत अवस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार रूपन्देहीको देवदह नगरपालिका-११ रेहेरास्थित बालाजी पेपर ईन्डष्ट्रीजमा सेक्युरिटी गार्ड काम गर्ने सोही नगरपालिका-१ लक्ष्मीनगर बस्ने ४७ वर्षीय लक्ष्मण कुमार श्रेष्ठ सोही ईन्डष्ट्रिजको शौचालयभित्र मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी कैलालीको टिकापुर नगरपालिका-१ ब्लक नम्बर १५ बस्ने ५० वर्षीया जसुता बटाला पनि सोही नगरपालिका-२ स्थित खोटेना भुरा खानी सामुदायिक वनमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

यसैगरी धादिङको गल्छी गाउँपालिका-२ स्थित त्रिशुली नदीको किनारमा थाक्रे गाउँपालिका-३ बेशीलङुङ बस्ने ४१ वर्षीय कृष्णा अधिकारी मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप