हाम्रो पात्रोद्वारा समाचार पढ्न सजिलो र थप व्यक्तिगत बनाउन समाचार बुलेटिन सुरुवात
काठमाडौं । चर्चित नेपाली एप हाम्रो पात्रोले समाचार खण्डमा पहिलो पटक सबैका लागि समाचार पढ्न सजिलो बनाउनका लागि एउटा नयाँ सुविधा सुरु गरेको छ। यो सुविधामा हाम्रो पात्रोले महत्त्वपूर्ण समाचारहरूलाई विश्लेषण र वर्गीकरण गरी समाचारको सारांशलाई बुलेटिनको रूपमा राख्न थालेको हो। यो हरेक तीन घण्टा अपडेट हुन्छ, त्यसैले प्रयोगकर्ताहरुले सधैं ताजा समाचारहरू हेर्न पाउने हाम्रो पात्रोले जनाएङ्को छ । यो सुबिधा विशेष गरी समाचार पढ्न समय नभएको तर समाचारसंग सचेत र सूचित पाठकहरूको अन्तरक्रिया बढाउन यस्तो फिचर ल्याइएको हाम्रो पात्रो इंकले जनाएको छ ।
हाम्रो पात्रोले गत हप्तादेखि एआईको प्रयोग गरी महत्त्वपूर्ण समाचारहरूलाई विश्लेषण र वर्गीकरण गरी समाचारको सारांशलाई बुलेटिनको रूपमा राख्न थालेको हो । तर ती समाचारहरूमा पाठकले प्रतिक्रिया जनाउन भने पाएका थिएनन् । अब भने प्रत्येक तीन घण्टाको अन्तरालमा बुलेटिनमा अपडेट हुने समाचारहरूमा पाठकले प्रतिक्रिया जनाउन पाउने छन् ।
एआईले विभिन्न समाचारहरू बीचका समानता पहिचान गर्न सक्ने हाम्रो पात्रोकी निर्देशक सुदीना गौतमले बताइन् । त्यस्तै पाठकको रुचि, प्राथमिकता र पढ्ने बानी बुझ्न सहयोग पुग्ने गरी एआईले पाठकको रुचि अनुसारका समाचारहरूलाई सिफारिस गर्न सक्ने दाबी समेत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण