बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

टाटा मोटर्सले ल्यायो ‘नयाँ वर्ष नयाँ कार’ योजना

बुधबार, २८ चैत २०८०, १० : ४९
बुधबार, २८ चैत २०८०

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि एकमात्र अधिकारिक बितरक, सिप्रदी ट्रेडिङले नयाँ वर्ष २०८१ को अवसरमा ‘नयाँ वर्ष नयाँ कार’ योजना ल्याएको छ ।
यो योजनामा सहभागी हुन ग्राहकहरुले टाटा मोटर्सको सोरुममा गई नयाँ तथा अत्याधुनिक डिजाइनका नेक्सन इभी लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन । 

साथै जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्जमा आकर्षक एक्सचेन्ज बोनस, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज र फास्ट चार्जर निशुल्क प्राप्त गर्न सक्नेछन् । यो योजना टाटा मोटर्सको नेपालभर रहेका शोरुमहरुमा लागु हुनेछ । 

नयाँ वर्षको अवसरमा कम्पनीले नेपालभर रहेका अत्याधुनिक सोरुममा आएर नयाँ गाडी खरिद गरेर भरपुर फाईदा उठाउन अनुरोध गरेको छ । यो योजना सिमित अवधिका लागि मात्र लागू हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप