संसद् बैठक चलाउन दलका प्रमुख सचेतकसँग छलफलमा सभामुख
बुधबार, २८ चैत २०८०, ११ : ५५
काठमाडौँ । प्रतिनिधि सभाको गतिरोध अन्त्य गर्जे प्रयास स्वरुप सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन् ।
बुधबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक अगाडि बढाउन प्रमुख प्रतिपक्षी दल कांग्रेसले अवरोध गर्ने भएपछि सभामुखले छलफल गरेका हुन । संसद् भवन नयाँ बानेश्वरमा दलका प्रमुख सचेतकसँग छलफल भइरहेको जनता समाजवादी दलका प्रमुख सचेतक प्रदीप यादवले रातोपाटीलाई जानकारी दिए ।
गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा छानबिनका लागि संसदीय समिति बनाउन माग गर्दै कांग्रेसले संसद् अवरुद्ध गर्दै आइरहेको छ । मंगलबार बसेको बैठक कांग्रेसको अवरोधपछि कुनै एजेण्डामा प्रवेश नगरी स्थगित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
-
कांग्रेस नीति प्रतिष्ठानको बैठक साउन १० गते बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण