सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

संसद् बैठक चलाउन दलका प्रमुख सचेतकसँग छलफलमा सभामुख

बुधबार, २८ चैत २०८०, ११ : ५५
बुधबार, २८ चैत २०८०

काठमाडौँ । प्रतिनिधि सभाको गतिरोध अन्त्य गर्जे प्रयास स्वरुप सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन् ।

 बुधबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक अगाडि बढाउन प्रमुख प्रतिपक्षी दल कांग्रेसले अवरोध गर्ने भएपछि सभामुखले छलफल गरेका हुन । संसद् भवन नयाँ बानेश्वरमा दलका प्रमुख सचेतकसँग छलफल भइरहेको जनता समाजवादी दलका प्रमुख सचेतक प्रदीप यादवले रातोपाटीलाई जानकारी दिए । 

गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा छानबिनका लागि संसदीय समिति बनाउन माग गर्दै कांग्रेसले संसद् अवरुद्ध गर्दै आइरहेको छ । मंगलबार बसेको बैठक कांग्रेसको अवरोधपछि कुनै एजेण्डामा प्रवेश नगरी स्थगित भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप