शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
फोटोफिचर

यसरी सफा गरिँदैछ धोवीखोला, तस्बिरहरू

बुधबार, २८ चैत २०८०, १५ : २३
बुधबार, २८ चैत २०८०
  •  मनिष अर्याल / नेपाल फोटो लाइब्रेरी 

काठमाडौँ । हरियो ज्याकेट लगाएर मान्छेहरू खोलामै पसेर काम गरिरहेको दृश्य अहिले सेतोपुलदेखि अनामनगरसम्म देख्न सकिन्छ । गत चैत १८ गते देखि धोवीखोलामा सफाइ सुरु भएको थियो । 

dhobi khola clean (1)

श्रम बैङ्कबाट लिइएका ५५ जना जनशक्तिलाई ४ समूह बनाएर नदीभित्रको सफाइ थालिएको हो ।  सफाइ हरेक दिन बिहान ७ बजेदेखि अपराह्न २ बजेसम्म हुनेछ । पहिलो चरण अन्तर्गत खोलाको फोहोर उठाएर छेउमा जम्मा गर्दै आएको छ । फोहोर पूर्ण रूपमा जम्मा गरिसकेपछि डोजर लगाएर फोहोर झिकिने छ । 

dhobi khola clean (2)

काठमाडौँमा मुख्य ९ वटा नदी छन् । सफाइका क्रममा सबैभन्दा धेरै पाइने फोहोर प्लास्टिक रहेको छ । यसपछि कपडा छन् । घाट क्षेत्रमा काठ, दाउरा, कोइला, कपडादेखि अन्य विभिन्न प्रकारका फोहोर भेटिने गरेको छ ।

dhobi khola clean (3)

यी मध्ये बागमती नदीको पहिलेदेखि सफाइ भइरहेकाले महानगरपालिकाले यो नदी सफाइ गर्ने योजना बनाएको छैन । यसबाहेकका ८ वटा नदीको सफाइलाई नियमित सञ्चालन गरिनेछ ।

dhobi khola clean (4)dhobi khola clean (5)dhobi khola clean (6)dhobi khola clean (7)dhobi khola clean (8)dhobi khola clean (9)dhobi khola clean (10)dhobi khola clean (11)dhobi khola clean (12)dhobi khola clean (13)dhobi khola clean (14)dhobi khola clean (15)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप