यसरी सफा गरिँदैछ धोवीखोला, तस्बिरहरू
- मनिष अर्याल / नेपाल फोटो लाइब्रेरी
काठमाडौँ । हरियो ज्याकेट लगाएर मान्छेहरू खोलामै पसेर काम गरिरहेको दृश्य अहिले सेतोपुलदेखि अनामनगरसम्म देख्न सकिन्छ । गत चैत १८ गते देखि धोवीखोलामा सफाइ सुरु भएको थियो ।
_cm2Ua7Dpfr.jpg)
श्रम बैङ्कबाट लिइएका ५५ जना जनशक्तिलाई ४ समूह बनाएर नदीभित्रको सफाइ थालिएको हो । सफाइ हरेक दिन बिहान ७ बजेदेखि अपराह्न २ बजेसम्म हुनेछ । पहिलो चरण अन्तर्गत खोलाको फोहोर उठाएर छेउमा जम्मा गर्दै आएको छ । फोहोर पूर्ण रूपमा जम्मा गरिसकेपछि डोजर लगाएर फोहोर झिकिने छ ।
_6Z1G0jxlit.jpg)
काठमाडौँमा मुख्य ९ वटा नदी छन् । सफाइका क्रममा सबैभन्दा धेरै पाइने फोहोर प्लास्टिक रहेको छ । यसपछि कपडा छन् । घाट क्षेत्रमा काठ, दाउरा, कोइला, कपडादेखि अन्य विभिन्न प्रकारका फोहोर भेटिने गरेको छ ।
_IXdTAjTQaI.jpg)
यी मध्ये बागमती नदीको पहिलेदेखि सफाइ भइरहेकाले महानगरपालिकाले यो नदी सफाइ गर्ने योजना बनाएको छैन । यसबाहेकका ८ वटा नदीको सफाइलाई नियमित सञ्चालन गरिनेछ ।
_TwlLhRWSY5.jpg)
_bIewIlzruy.jpg)
_gQ98r1F4R9.jpg)
_5RBYBfGFvU.jpg)
_TNlpcEGE4o.jpg)
_5uQ4FiS37m.jpg)
_eOp8LamSut.jpg)
_ZtNiyNRfgo.jpg)
_PosYxtpyLt.jpg)
_aZ5YywfRIz.jpg)
_Ma3lH6tx2A.jpg)
_2V7dge61Uj.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्वाटरफाइनल प्रवेशका लागि क्यानडा र मोरक्को आमनेसामने
-
पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
-
दर्ता प्राप्त चिकित्सकले मात्र रेडियोलोजी सेवा दिन पाउने कानुनी व्यवस्था पालना गर्न माग
-
काठमाडौँसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा
-
नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने
-
२०२२ देखि विश्वकप २०२६ सम्मः जसलाई पनि हराउन सक्ने टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण